नागरिक लगानी कोषले आर्थिक वर्ष २०७७।७८ का लागि कम्पनी सञ्चालक समितिले ३१.५७८९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमध्ये ३० प्रतिशत कम्पनीले बोनस सेयर र बाँकी भने नगद लाभांश दिने भएको हो। कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म कायम चुक्तामा उक्त लाभांश प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७६।७७ भने १८ प्रतिशत लाभांश दिएको थियो।
आर्थिक वर्ष २०७७।७८ को अन्त्यसम्म कोषले ७१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। आब २०७६।७७ को असार मसान्तमा खुद नाफा ६१ करोड ९६ लाख थियो। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २७ करोड रुपैयाँ रशेका छ भने लाभांश वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुग्नेछ। आगामी वर्षको साधारणसभाबाट अनुमोदन भएपछि मात्र प्रस्तावित लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ।