शनिबार, कार्तिक ८ गते २०८३

ललितपुर बचत संघको सेवा केन्द्र टौखेलमा शुरु 

आषाढ १०, २०७९ शुक्रबार
ललितपुर बचत संघको सेवा केन्द्र टौखेलमा शुरु 

 

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले गोदावरी नगरपालिकाको टौखेलमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमकाबीच संघका अध्यक्ष रामहरि बजगाईंले उक्त सेवाकेन्द्रको उद्घाटन गरेका हुन् । गोदावरी नगरपालिकाको वडा नं ३ टौखेलमा खुलेको सेवा केन्द्रमार्फत त्यस भेगका ५० भन्दा बढि सहकारी संस्था लाभान्वित हुने उनले बताए । राष्ट्रिय सहकारी बैंक र संघका कुनै शाखा त्यस भेगमा नपुगेको र हरेक वित्तीय सेवा लिन बैंकहरुमा भर पर्नु पर्ने अवस्थालाई मध्यनजर गरेर सो सेवा केन्द्र सञ्चालनमा ल्याएको उनले बताए । 

सहकारीको संघ र बैंक मा नजोडिएका संस्थाहरुलाई वित्तीय सेवाका साथै शिक्षा तालिममार्फत सबल सक्षम र दिगो बनाउ संघले सघाउने उनको भनाई छ । संघले बचत संकलन र ऋण लगानीको लागि मात्रै सेवा केन्द्र खोलेको होइन, उनले थपे संस्थाहरुको माग र आवश्यकताका आधारमा सेवा प्रदान गर्न खोलिएको हो । आफुहरुले कसैसँग प्रतिस्पर्धाको नराखेको समेत उनले जनाए । 

संघका व्यवस्थापक सन्तोष बजगाईंले त्यस सेवा केन्द्रले बडिखेल, गोदामचौर, ठैव, ठेचो, झरुवाराशीसम्मका संस्थाहरुलाई समेटेर सेवा दिने बताए । सेवा केन्द्र खुलेपछि त्यस भेगका सहकारी संस्थाहरु उत्साहित भएको र पहिलो दिनमा नै ४ करोडको कारोबार भएको उनले जानकारी दिए । संघमा जिल्ला भरका ५२८ सदस्य संस्था आवद्ध रहेका छन् ।

ती संस्थाहरुको विकास र प्रवद्र्धनका लागि संघले अन्तरलगानी, शिक्षा तालिम र प्राविधिक सहयोग प्रदान गर्ने गरेको छ । कायृक्रममा संघका सञ्चालक समिति लेखा समिति र विभिन्न उपसमितिका साथै स्थानीय सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

sewa kendra 3.jpg

sewa kendra 4.jpg