शनिबार, आश्विन १७ गते २०८३

कपिलबस्तुमा तस्करले लुकाइ राखेकाे सिसम काठ प्रहरीद्वारा बरामद

आषाढ १०, २०७९ शुक्रबार
धर्मेन्द्र कुमार कुर्मी / विजयनगर 
 
कपिलवातु बिजयनगर सशस्त्र सीमा बल र नेपाल प्रहरी बन कर्मचारीद्वारा काठ तस्करहरूले लुकाइ छिपाइ  राखेको काठ  बरामद गरेको छ I मुनी बगैचामा लुकाइ छिपाइ राखेको ६ वटा सालको गोलिया  हिजाे साँझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ दत्तापुरकाे एउटा बगैचामा  लुकाएर राखिएकाे अवस्थामा ३० क्युफिट सिसमकाे काठ बरामद गरिएकाे जनाएकाे छ।
बिहान साढे ११ बजेकाे समयमा सुराकीकाे आधारमा प्रहरीले  ५० हजार बराबरकाे काठ बरामद गरेकाे हाे । नेपाल को कपिलवस्तु -भारत को बलरामपुर  सीमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरुले भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन् । विजयनगर गाउंपालिकाका वडा ५ ठाकुरापुर  प्रहरी ले जनाए अनुसार भारतिय जंगलसँग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ गाेदामहरूमा दिने गर्दछन् ।