शुक्रबार, कार्तिक ७ गते २०८३

परिसंघ युवा उद्यमी मञ्चको आयोजनामा ‘स्टार्ट अप फेस्ट २०२२’ हुने

आषाढ ९, २०७९ बिहीबार
परिसंघ युवा उद्यमी मञ्चको आयोजनामा ‘स्टार्ट अप फेस्ट २०२२’ हुने

 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले ‘स्टार्ट अप फेस्ट २०२२’ आयोजना गर्ने भएको छ । 

राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा आगामी शनिबार फेस्ट आयोजना गर्न लागिएको हो ।

नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको एक पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

फेस्टले स्टार्टअपहरुले लगानीका लागि परियोजनासहित प्रस्ताब पेस गरेका छन् । स्टार्टअपहरुलाई लगानीका लागि आबेदन पेश गर्न २७ जेठ सम्मको समय अबधि तोकिएकोमा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको थियो ।

त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुती गर्ने अवसर दिइनेछ भने पूँजी लगानीको अवसर पनि प्रदान गरिने नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समिति आयुषी केसीले बताउनुभयो । यो कार्यक्रबाट स्टार्टअपहरुलाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिइएको छ ।  

युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न फेस्टमार्फत करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिने जनाइएको छ ।
काठमाडौंस्थित सोल्टी होटेलमा हुने स्टार्टअप फेस्टमा सहभागी हुन ३०० रुपैयाँको टिकट लाग्नेछ ।