शुक्रबार, कार्तिक ७ गते २०८३

उडान बन्द गरे क्यान चुप बस्दैनः महानिर्देशक अधिकारी  

आषाढ ७, २०७९ मंगलबार
उडान बन्द गरे क्यान चुप बस्दैनः महानिर्देशक अधिकारी  

नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटै बिमानस्थलमा सबै वायुसेवाको जहाज राख्न  असम्भब भएको प्रण्ट पारेकोे छ । अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क नभएको  भन्दै  प्राधिकरणले एउटै ठाउँमा उडान र पार्किङका कारण असहजता बढेको भन्दै त्यसको नियन्त्रणका लागि कुल जहाजको ६७ प्रतिशत काठमाडौं बाहिर राख्न निर्देशन दिइएको बताएको छ। 

प्राधिकरणका  महानिर्देशक प्रदीप अधिकारीले  वायुसेवा कम्पनीले उडान बन्द गरे प्राधिकरण चुप लागेर नबस्ने चेतावनी दिएका छन्। मंगलबार वायुसेवा संचालकहरुले पनि पत्रकार सम्मेलन गर्दै उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेका थिए।  बेस बाहिर राख्ने निर्णय दुई महिना अगाडि बुद्ध, यती, सौर्य, श्रीलगायत वायुसेवा कम्पनीका प्रतिनिधिबीचको छलफल पछि पारित गरिएको उनले बताए।  

उडान डिले हुने, यात्रु र वायुसेवा कम्पनीका कर्मचारीबीच झगडा हुने, ग्राउन्ड ह्यान्डलिङमा समस्याका कारण स्वीकृति लिएको बेस अनुसार उडान गर्न निर्देशन दिइएको  बताईएको छ । कम्पनीले काठमाडौ बाहिरको बेस फेरबदल गर्न पाइने व्यवस्था रहेको  भए पनि प्राधिकरणले यसका लागि आवश्यक जनशक्ति, उपकरण व्यवस्थापन गर्ने जनाएको छ।