शनिबार, कार्तिक ८ गते २०८३

आन्तरिक लेखापरिक्षणका विषयमा सहकारी प्रतिनिधिलाई तालिम 

आषाढ ६, २०७९ सोमबार
आन्तरिक लेखापरिक्षणका विषयमा सहकारी प्रतिनिधिलाई तालिम 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा दुई दिने आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न भएको छ ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले लेखा सुपरिवेक्षण समिति सक्रिय भएको संस्थामा समस्या नदेखिने विचार व्यक्त गरे । लेखा सुपरिवेक्षण समितिबाट नियमित आन्तरिक परिक्षणले संस्था सुशासन, नीति, विधि र प्रविधिले संचालनमा टेवा पुग्ने उल्लेख गरे । आन्तरिक परिक्षणलाई प्रभावकारी बनाउन सहकारी ऐन, नियम र निर्देशनहरुबारे जानकारी अद्यावधि हुनुपर्नेमा उनको जोड थियो ।

संघका सचिव एंव उपसमितिका संयोजक जगनाथ प्रजापतिले आन्तरिक लेखापरिक्षण कार्यमा संस्थालाई टेवा पुगोस् भने उद्देश्यले तालिमको आयोजना गरेको भन्दै तालिमले संस्थाको आन्तरिक लेखापरिक्षणमा टेवा पु¥याउने जनाए ।

उपसमितिका सदस्य विकुलाल सुवालले धन्यवाद मन्तव्य दिदैं सिकेका कुराहरुको व्यवहारिक प्रयोग गर्नुपर्ने विचार राखे । सि.ए. प्रद्युमान घिमिरेको सहजिकरणमा सम्पन्न तालिमको समापन समारोहको संचालन व्यस्थापक बालकृष्ण धोजुले गरेका थिए । तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएकोमा खुशी व्यक्त गर्दै तालिमबाट परिक्षणका क्षेत्र, उपाय र जोखिम न्यूनीकरण लगायतका विषयहरु जानकारी पाएको बताए । तालिममा संघमा आबद्ध सदस्य संस्थाहरु मध्येबाट ३६ जना लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।