सिभिल क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले पदबाट राजिनामा दिएका छन् । संचालक समितिको दबाबपछि उनले राजिनामा दिएको उनले जनाए ।
उनको राजिनामा सिभिल क्यापिटलको संचालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । ढुङ्गेल २०७६ मङ्सिरमा ४ वर्षको लागि सीइओ नियुक्त भएका थिए । तर ३ वर्ष पनि नपुग्दै उनले राजिनामा दिएका हुन् ।
सिभिल आउनु अघि ढुङ्गेल विगत १० बर्षदेखि विभिन्न बिकास बैंक, क्यापिल मार्केट, फाइनान्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए। उनी बैंकिङ्ग, वित्त तथा पुँजी बजार, लेखापरीक्षण , कानुन लगायतका क्षेत्रमा विगत ३३ बर्ष देखि सक्रिय छन् ।
ढुङ्गेलको राजिनामा स्वीकृत भएपनि कम्पनीमा अन्य कसैलाई पनि कायममुकायम कार्यकारी नतोकिएको क्यापिटलका मार्केटिङ बिभाग प्रमुख मारुती कोइरालाले जानकारी दिइन् ।