शनिबार, कार्तिक ८ गते २०८३

शुभकामना साकोसको साताव्यापी स्थापना दिवस सम्पन्न

जेठ २५, २०७९ बुधबार
शुभकामना साकोसको साताव्यापी स्थापना दिवस सम्पन्न

सप्ताहव्यापी २२औं स्थापना दिवस सम्पन्न
शुभकामना बचत तथा ऋण सहकारी २२औं स्थापना दिवस साताव्यापी कार्यक्रम गरी सम्पन्न भएको छ । जेठ १८ गते देखि २४ गतेसम्म विविध कार्यक्रम गरी संस्थाले दिवस मनाएको हो ।

शुभकार्य कृषि सहकारी संस्था संग एकिकरणसँगै जेष्ठ १८ गते एकिकृत कारोवार शुभारम्भ तथा सहकारी सचेतना र्याली सहित शुरु भएको सप्ताहव्यापी कार्यक्रमको दोश्रो दिन १९ गते ऐतिहासिक टौमढी क्षेत्रमा संस्थाले रक्तदान कार्यक्रम गरेको थियो ।

तेश्रो दिने २० गते स्थानिय व्यासी टोलमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोग तथा सामूदायिक स्वास्थ्य केन्द्रको औषधि सहयोगमा मृगौला, मुटु तथा कलेजो सम्बन्धि निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

त्यस्तै चौथो दिन २१ गते संस्थाका बाल बचतकर्ताहरुलाई अध्ययन अवलोकन भ्रमण र पाँचौ दिन ऐतिहासिक तथा धार्मिक क्षेत्र सूर्यबिनायक मन्दिर परिसरमा सरसफाई  तथा सामाग्री हस्तान्तरण गरेको थियो ।

सप्ताहव्यापी कार्यक्रमको छैठौं दिन संस्थाका ७० बर्ष माथिका जेष्ठ सदस्यहरुलाई धार्मिक तिर्थ भ्रमण गराई भोजन गराइएको थियो । सातौं तथा अन्तिम दिन २४ गते ऋणी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्व तथा सूर्यबिनायक नगरपालिका उप प्रमुख एवं सहकारी बिज्ञ सरीता तिमिल्सिना भट्टराईको प्रमुख आतिथ्यतामा भएको औपचारिक कार्यक्रममा संस्थाका उत्कृष्ट ५ जना ऋणीहरुलाई सम्मान गरिएको थियो ।