शनिबार, कार्तिक ८ गते २०८३

समुदायमा आधारित सहकारीलाई आयकर पूर्ण रुपमा छुट गर्न माग

जेठ २५, २०७९ बुधबार
समुदायमा आधारित सहकारीलाई आयकर पूर्ण रुपमा छुट गर्न माग


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको दुई दिने बार्षिक योजना तथा बजेट तालिम सम्पन्न भएको छ । 
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सरकारी र सहकारीका बजेटमा फरक रहेको बताउँदै बजेटका सबै प्रक्रियाहरु पुरा गरेर बनाएको बजेट सफल हुने बताए ।

नेपाल सरकारद्वारा हालै जारी बजेटमा सहकारी संस्थाहरुलाई लाग्ने आयकर बृद्धि गरेकोमा अभियानले विरोध जनाएको छ । समुदायमा आधारित सहकारी संस्थालाई पुर्ण रुपमा कर छुट हुनुपर्ने भन्दै सहकारी संघसंस्था बीच हुने अन्तरकारोबारमा अग्रिम व्याजकर खारेज गर्नुपर्ने माग बजेटले सम्बोधन गर्न नसकेकोमा उनले दुख व्यक्त गरे ।

संघका कोषाध्यक्ष एवं वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छाभक्त घजुले संस्थाको बार्षिक योजना तथा बजेट निर्माण कार्यलाई सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना भएको बताए । संस्थाको परिकल्पना, ध्येय र उद्देश्यहरु हासिल गर्न व्यवसायिक तथा रणनीति योजनाहरुको महत्व बताउदैं ती योजनाको आधारमा बार्षिक योजना तथा बजेट निर्माण गर्नुपर्ने उल्लेख गरे ।

प्रशिक्षक अनिलवीर बज्राचार्यको सहजिकरणमा सम्पन्न भएको तालिमको समापन समारोहमा संघको वित्तीय सेवा प्रवर्धन उपसमितिका सदस्य राजाराम गोसाईले स्वागत मन्तव्य राख्दै सिकेका कुरा संस्थामा प्रयोग गर्न र संस्थाका पदाधिकारीहरुलाई सिकाई हस्तान्तरण गर्नुपर्ने विचार राखेका थिए । कार्यक्रममा सदस्य संस्थाका ४१ जनो सहभागी रहेका थिए ।