नबिल बैंकले शाखा कार्यालयहरूमा सार्वजनिक शौचालयको सुविधा दिने भएको छ। काठमाडौं महानगरपालिकाभित्र रहेका आफ्ना सबै शाखाका शौचालय सार्वजनिक प्रयोगका लागि खुल्ला गरिएको बैंकले जनाएको छ ।
महानगरपालिकाका मेयर बालेन शाहको पहलमा नबिल बैंकले साथ दिने बैंकले जनाएको हो। नबिल बैंकका ती शाखामा सर्वसाधारणले निःशुल्क शौचालय प्रयोग गर्न पाउने भएका हुन्।
अनामनगर, बालाजु, भाटभटेनी, चाबहिल, धुम्बाराही, हलचोक, जोरपाटी, बौद्ध, कालिमाटी, कान्तिपथ, जमल, कुलेश्वर, नयाँ बानेश्वर, न्युरोड, धर्मपथ, शंखमूल, तीनधारा दरबारमार्ग र त्रिपुरेश्वरमा रहेका बैंकका शाखाले यस्तो सुविधा दिनेछन् ।