शुक्रबार, कार्तिक ७ गते २०८३

कीर्तिपुरका जनप्रतिनिधि र उद्योगीबीच सहकार्य गर्ने सहमति

जेठ २५, २०७९ बुधबार
कीर्तिपुरका जनप्रतिनिधि र उद्योगीबीच सहकार्य गर्ने सहमति


कीर्तिपुरमा उद्योग व्यवसाय विस्तारमा सहकार्य गरेर अगाडि बढ्ने महत्वपूर्ण समझदारी भएको छ । कीर्तिपुर उद्योग बाणिज्य संघको आयोजनामा उद्योगपति, व्यापारी र नवर्निवाचित स्थानीय  निकायका पदाधिकारीहरु बीच भएको शुभकामना तथा साक्षात्कार कार्यक्रममा यस्तो समझदारी भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं उद्योगपति शेखर गोल्छाले स्थानिय निकायसँग सहकार्य गरेर कीर्तिपुरमा उद्योग स्थापना गर्न आफुहरु तयार रहेको बताए । लगानीमैत्री वातावरण र्निमाणमा राज्यका अंगहरुको महत्वपूर्ण भुमिका रहने बताउँदै अध्यक्ष गोल्छाले त्यसकालाई स्थानिय सरकार लगानी भित्राउन सक्रिय बन्नुपर्नेमा जोड दिए ।  

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति रामचन्द्र सांघाईले स्थानीय निकायले करको दर बढाउने होइन दायरा बढाएर कर तिर्न कर होइन रहर लाग्ने वातावरण बनाइनुपर्नेमा जोड दिए । 

नगरपालिकाका मेयर राजकुमार नकर्मीले उद्योगपतिहरुसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गरे । कीर्तिपुरमा औद्योगिक ग्राम स्थापना, स्थानीय उत्पादन, सीपमा आधारित उद्योगहरुलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी गरेको जनाए । 
उद्योग बाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्यले कीर्तिपुरको उत्थान र विकासका लागि स्थानिय निकाय र राष्ट्रिय  स्तरका उद्योगी व्यापारीहरुबीच समन्वयकारी भुमिका खेल्दै सम्बृद्ध कीर्तिपुर निमार्णका लागि आफ हरदम तयार रहेको बताए । 
कार्यक्रममा अर्थविद् नुर सागर श्रेष्ठले कीर्तिपुरको मौलिक काष्ठकला र सीपको संरक्षण गर्दै, स्थानीय सँस्कृतिमा आधारित उद्योगव्यवसायलाई बढावा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका नगर जिल्ला उपाध्यक्ष, दिनेश श्रेष्ठ, केन्द्रिय सदस्य हेमराज ढकाल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, कीर्तिपुर महिला संञ्जालकी अध्यक्ष हसना मर्हजन, कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्य लगायतले उद्योग व्यवसाय एवं उद्यमशीलता विकासका लागि स्थानीय सरकार र उद्योगी व्यवसायी बीच सहकार्य हुनुपर्ने जनाए ।