एकमहिना पनि नबित्दै आइतबार समेत सार्वजनिक विदा दिने व्यवस्था खारेज भएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गरेको छ । असार १ गते पछि आइतबार पनि दिन शुरु गरिएको बिदा लागू नहुने सरकारले जनाएको छ ।
इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । विश्वभर पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिका कारण घाटा हुन थालेपछि तेलको आयात घटाउन आयल निगमले विदा दिनुपर्ने प्रस्ताव राखेको थियो ।
निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो। खासगरी निजामती सेवा र बैंकिङ क्षेत्रले विदा कार्यान्वय गरेपनि अन्य क्षेत्रमा पूर्णरुपमा विदा कार्यान्वय भएको थिएन । विभिन्न क्षेत्रले दुइदिने विदाको औचित्य नभएको भन्दै विरोध जनाउँदै आएका थिए ।