शनिबार, कार्तिक ८ गते २०८३

शुभकामना साकोसको २२औं स्थापना दिवसमा विविध कार्यक्रम

जेठ २३, २०७९ सोमबार
शुभकामना साकोसको २२औं स्थापना दिवसमा विविध कार्यक्रम

 

शुभकामना बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रमको आयोजना गरी साताव्यापी स्थापना दिवस मनाइरहेको छ । संस्थाले २२औं स्थापना दिवसको उपलक्ष्यमा तेश्रो दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सदस्य तथा गैर सदस्यहरुको लागी निशुल्क मृगौला मुटु तथा कलेजो स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको हो ।  

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा संचालन भएको उक्त शिविरमा निशुल्क परिक्षण गर्नुका साथै निःशुल्क औषधीहरु  वितरण गरिएको थियो । २४६ जना सदस्य तथा गैरसदस्यहरुले प्रत्यक्ष स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्राप्त गरे । 

संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले प्राविधिक सहयोग गर्ने शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर तथा औषधी सहयोग गर्ने सामूदायिक स्वास्थ्य केन्द्र भक्तपुर लगायत सबैलाई धन्यवादज्ञापन गरेका थिए । 

यसअघि संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो भने हालै शुभकार्य कृषि सहकारी संस्थासँग एकिकरण समेत सम्पन्न भइसकेको छ ।  

shuvakamana 2.jpg