बुधबार, भाद्र ३ गते २०८३

बिश्व राजनीतिमा रुस–चीनको नयाँ समीकरण बन्दै

जेठ २३, २०७९ सोमबार
बिश्व राजनीतिमा रुस–चीनको नयाँ समीकरण बन्दै

subedihat.jpg

लोकनारायण सुबेदी

गएको २३ मईमा सम्पन्न टोकियो ‘क्वाड’(चतुर्बाहु सुरक्षा सम्बाद) बैठक पछि भारतका प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भनेका थिए – ‘भारतको अमेरिकासँगको सम्वन्ध सही अर्थमा बिश्वासको साझेदारी’को सम्वन्ध हो । उनले थप भनेका थिए –‘हाम्रा बीचका साझा हित र साझा मूल्यहरु सबल भएका छन्’। बिश्लेषकहरु भन्दैछन् कि भारतले वास्तवमा प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेन त्यो टोकियो शिखर बैठक पछि एउटा सहयोगीका रुपमा संयुक्त सैन्य बल—बहरिन(सीएमएफ – बहरिन)मा सामेल हुनका लागि सहमत भएर भारतले एउटा बिशेष बाध्यकारी दूरीको परीक्षा(रुबिकन) पार गरेको छ ।

रुससँग चीनको तीब्र गतिमा बढ्दो सामरिक र आर्थिक सम्वन्ध अहिले भारतका लागि निकै ठूलो चिन्तको बिषय बन्दै गएको देखिन्छ । अमेरिकी नेतृत्वको नाटो देशहरुबाट यूक्रेनलाई सैन्य र अन्य मौद्रिक सहायताको ठूलो आपूर्तिका अतिरिक्त देशमा बढ्दो पश्चिमा बित्तीय प्रतिबन्धहरुको गर्मीको सामना गर्दै रुस तीब्र गतिमा चीन – बिश्वको दोश्रो सबैभन्दा ठूलो अर्थब्यवस्था र एउटा ठूलो रक्षा शक्ति – को अत्यन्त नजिक पुगिरहेको आजको वास्तबिकता छ ।

चीन र रुसका बीच संयुक्त सैन्य अभ्यास, यूक्रेनमाथि मास्कोको आक्रमण पछि पहिलो पटक जापानलाई बम बर्षक बिमान पठाइनु, यस्तो बेलामा जति बेला अमेरिका, जापान, भारत र अष्टेलियाका प्रमुखहरु एकैसाथ क्वाड(चतुर्बाहु सुरक्ष सम्बाद)को टोकियो शिखर सम्मेलन आयोजना गर्न ब्यस्त रहेका थिए, दुइ बिश्व सैन्य शक्ति(चीन र रुस)द्वारा क्वाडका सहभागीहरुलाई उनीहरुको मनसुवालाई नलुकाईकन स्पष्ट चेतावनी दिइएको रुपमा बिश्लेषण गरिदैछ ।संयुक्त चीन–रुस सैन्य अभ्यास, चीनको जियान एच– ६ जेटसँग रुसको टीयू–९५ रणनीतिक बम बर्षक बिमान प्रदर्शन गर्दै १३ घण्टासम्म चल्यो । पूर्बमा अमेरिकी नेतृत्वको नाटो सैन्य बिस्तारलाई बिफल तुल्याउनका लागि रुसलाई चीनको आवश्यकता छ ।अनि चीनलाई एशिया–प्रशान्त क्षेत्रमा चीनको कथित बर्चश्वबादी बिस्तार र भारतलाई रणनीतिक नियन्त्रणका लागि सैन्य महाशक्ति रुसको आबश्यकता रहेको बिश्लेषण हिन्द–पश्चिमा बिश्लेषहरुको छ ।

xi and putin.jpg

अझ यस सम्वन्धमा भारतीय बिश्लेषकहरु त केसम्म भनिरहेका छन् भने चीनको कथित भारत बिरोधी रुझानले १५ बर्ष पुरानो पाँच देशको संगठन ‘ब्रिक्स’(ब्राजिल, रुस,भारत, चीन र दक्षिण अफ्रिका)लाई ब्यबहारिकरुपले बर्बाद गरिदिएको छ । जसलाई सत्ताको बद्लिदो आर्थिक सन्तुलनको प्रतिनिधित्व गर्ने र बिश्व अर्थब्यवस्थामाथि हावी हुनका लागि आवश्यक मानिने गरेको थियो । सामुहीकरुपले यो ब्लक बिश्व जनसंख्याको ४५ प्रतिशत र बिश्व सकल घरेलु उत्पादनको झण्डै एक चौथाईको प्रतिनिधित्व गर्दछ । ब्रिक्स आबद्ध देशका नेताहरुले नियमितरुपमा बैठकको पनि आयोजना गर्दै आएका छन् । यी सबै कुरा ब्रिक्स बारेका भए पनि यो एउटा आर्थिक शक्तिका रुपमा भारतको उदय कुरा पनि हो र त्यसले चीनलाई सबैभन्दा चिन्तामा पारेको कुरा पनि भारतीय बिश्लेषकहरु उछाल्ने गर्दछन् र भन्छन् चीन ब्रिक्समा बिफल रहेको छ र उसले भारतलाई एउटा सम्भावित आर्थिक प्रतिद्वन्द्वी पनि मान्दछ भन्ने तिनको बिश्लेषण छ ।

भारतीय पक्षको बिश्लेषण अनुसार जापानका नजिक नबीनतम् चीन–रुस सैन्य अभ्यासले हिन्द–प्रशान्त क्षेत्रमा चीनको कथित हताशापूर्ण बिस्तारलाई रोक्नका लागि लागि ‘क्वाड’ अर्थात् चार देशको चतुष्कोणी प्राथमिक उदेश्यका लागि एउटा चूनौति पस्तुत गरेको छ । यसको उदेश्य अमेरिकी राष्ट्रपति जोड बाइडेनलाई बिशेष सन्देश दिनु पनि हुन सक्तछ, जसले बितेको साता के कशम खाएका थिए भने ‘यदि चीनले स्वशाति द्विपमाथि कथित आक्रमण गर्ने प्रयास गर्यो भने ‘अमेरिकी सेनाले ताइबानको सैन्य रुपले रक्षा गर्नेछ’ । यो चेतावनी दिदै गर्दा बेइजिङ्गले पहिलादेखि नै ‘खतरालाई जिस्क्याउने’ काम गर्दै रहेको भनेर पनि अमेरिकाले कुरा उछाल्न बाँकी राखेको थिएन । त्यसैले अमेरिकाले खुलंखुल्ला भनेकै छ कि ‘एक स्वतन्त्र, खुल्ला, समृद्ध र समावेशी हिन्द–प्रशान्त क्षेत्रका लागि काम गरिनु पर्दछ । यस स्थितिमा भारतीय बिश्लेषहरु भन्दछ् – ‘दुर्भाग्यले चीन र अमेरिकाद्वारा आक्रामक रुझान लिइरहेको बेला बीचमा परेको भारत एक महत्वपूर्ण ‘क्वाड’ सदस्य र रुसको एउटा पुरानो मित्र पनि रहेको छ।

एक क्वाड–चीन संघर्ष समूहमा अन्य सदस्यका पक्षमा भारतले आफुलाई स्वचालितरुपले शामेल गर्ने कुरा पनि गर्दछ । चीनलाई भने रुसको पूर्ण समर्थनको बिश्वास रहेको प्रतीत हुन्छ । त्यसैले भारतमा मूख्य सवाल के खडा भएको छ भने समयको परीक्षामा खारिएको भारत–रुस सम्वन्धको भबिष्य यस्तो स्थितिमा के होला ? नयाँ उपलब्ध मित्र चीनका समर्थन गर्नका लागि के रुसले भारतलाई मायाँ मार्छ ? एकथरी भारतीयहरु भन्दछन् –सबैभन्दा ठूलो सम्भावना यही नै छ । सैन्यरुपमा भारतसँग रुसलाई दिने सामाग्रीहरु धेरै नै कम छन् । आर्थिक र आर्थिक संसाधनहरुको मामिलामा चीन भारतभन्दा धेरै अगाडि छ । भारतीयहरु बिश्लेषकहरु के कुरा अझ बढी उछाल्दैछन् भने चीन स्वयंलाई एउटा सबल बफरका रुपमा स्थापित गर्न र भारत र रुसको सम्बन्धमा तथाकथित एक खराब खेलकारुपमा कार्य गर्ने कोशिश गरिरहेको छ, जसले गर्दा भारतसँग अमेरिकातर्फ लाग्ने बाहेक अरु कुनै बिकल्प नै रहँदै।

भरतीय पक्ष भन्दछ – चीन साना प्रशान्त द्विप राष्ट्रहरुलाई सुरक्षा, सहायता र ब्यापार तथा माछा मार्नेदेखि लिएर त्यो क्षेत्रको नियन्त्रणसम्म सबै कुरालाई ढाक्ने किसिमले ब्यापक ‘नो होल्ड’ अर्थात ‘बर्जित’ सम्झौताको समर्थन गराउनका लागि प्रेरित गर्नका लागि एउटा सबल नीतिको अनुसरण गरिरहेको छ । भारतीयहरु कुरा उछाल्दै भन्छन् – एउटा मस्यौदा सम्झौताबाट कथितरुपमा थाहा हुन्छ कि चीन प्रशान्त पुलिस अधिकारीहरुलाई प्रशिक्षित तुल्याउन चाहन्छ, ‘पारम्परिक र गैर पारंपरिक सुरक्षा’का सम्वन्धमा एउटा टिम बनाउन चाहन्छ, कानुन प्रबर्तन सहयोगलाई बढाउन चाहन्छ, कन्फ्यूशियस संस्थानहरुको माध्यमबाट स्वतन्त्र ब्यापार क्षेत्र, इण्टरनेट नेटवर्क र साँस्कृतिक सम्बन्ध स्थापित गर्दछ । ‘क्वाड’मिटसँग मेल कायम राख्नका लागि हालै चिनीयाँ बिदेश मन्त्री वाङ यीको अध्यक्षतामा एउटा सबल २० सदस्यीय चिनीयाँ प्रतिनिधि मण्डलले ‘सामान्य बिकास दृष्टि’ लाई बढावा दिनका लागि १० प्रशात राज्यहरुको यात्रा गरेको कुरामा पनि उनीहरुले मिहीन तरीकाले हेरिरहेका छन् । चाखलाग्दो कुरा यसमा के पनि औंल्याइदैछ भने ती राज्यहरुमा कतिपय राज्यहरु दोश्रो बिश्व युद्धको समाप्ति पछिदेखि नै अमेरिकको निकट रहेको मानिदै र जानिदै अएको थियो ।

यो प्रशान्त द्विप राज्यहरुमा सोलोमन द्विप, समोआ, किरिभाती, फिजी, टोंगा, बानुआतु, पपूआ न्यूगिनी, र कुक द्विप समूह सामेल रहेका छन् । ती मध्ये एउटा ठूलो द्विपमा भारतीय प्रबासीहरु छन् र भारतसँग निकै राम्रो सम्वन्ध राख्ने पनि गर्दै अएका छन् । भारतसँग तिनको सम्वन्ध १९औं शताब्दीको उपनिवेशकालदेखि नै रहँदै आएको हो । त्यतिबेला भारतीय श्रमिकहरुलाई बगान मजदुरकारुपमा गिरीमिटमा लैजाने गरिन्थ्यो । त्यसरी लगिएका मध्ये कतिपय उतै बस्न थालेका हुन् । अहिले भारत पनि प्रशान्त द्विप क्षेत्रका देशहरुसँग मिलेर काम गर्न थालेको छ । जति जति बिश्वको ध्यान भारत हिन्द–प्रशान्त क्षेत्रहरुमा बढ्न थाल्दछ या जान्छ दक्षिण प्रशात उपक्षेत्र रणनीतिकरुपले महत्वपूर्ण सामुद्रिक ब्यापार मार्गको चौबाटोमा देखा पर्दछ । त्यसले क्षेत्रीय र अतिरिक्त क्षेत्रको समेत ध्यान आकर्षित गर्ने गर्दछ ।

चीन जो अन्तर्राष्ट्रिय कूटनीतिमा अमेरिकाको ठूलो बिरोधी रहेको छ, त्यो भारतको पनि ठूलो प्रतिद्वन्द्वी नै हो भनेर भारतीयहरुले बुझ्ने गरेका छन् । अनौठो किािसमले राजनयिक मोहभंले चीनलाई आफ्ना लोकतान्त्रिक मूल्यहरुको लाभ उठाउँदै अमेरिका र भारत दुबैका लागि सबैभन्दा एकल ब्यापारिक निर्यातक देशकारुपमा अगाडि बढ्नबाट रोक्न सकेन । भारत चीनसँगको १९६२ को युद्धमा पराजित भएपछि चीनलाई भारतको क्षेत्रीय अखण्डताको लागि खतरा मान्दै आएको छ । त्यसैले उसले शत्रुको शत्रु शक्तिशाली मित्र बन्न सक्छ भन्ने प्रश्न गर्दै जस्तो किसिमको स्थिति वरिपरी बन्दै जान थालेको छ त्यस अबस्थमा भारतले आफ्नो राष्ट्रिय सम्प्रभूता र क्षेत्रीय अखण्डताको रक्षाका लागि अमेरिका र उसका सहयोगीहरुको हात सबलताकासाथ पक्रिन कुनै बिलम्ब नगर्ने जस्तो स्थिति देखिदैछ ।

हुन त कुनै बेला भारतको रुससँग निकै बलियो रक्षा सम्वन्ध थियो । त्यो यताका बर्षहरुमा कमजोर हुन पुगेको देखिन्छ । यद्यपि रुस अहिले पनि भारतका लागि सबैभन्दा बढी रक्षा उपकरण निर्यात गर्ने देश हो । भनिन्छ भारतका कूल आयाता गरिने युद्ध आयुध(वार हेड्स)हरु अहिले कम आयात हुन थालेका छन् । त्यो ठाउँ अहिले पश्चिमा देशहरु र बिशेष गरेर अमेरिकालाई मिलेको छ । २०१७ र २०२१ क बीचमा भारतमा कूल रुसी हतियार निर्यातको झण्डै २८ प्रतिशत हिस्सा रहेको थियो । यद्यपि यतिबेला रुस चीन र भारतको बढ्दो बेचैनीका बीच पाकिस्तानमा प्रमुख हतियार निर्यातक बन्न पुगेकाके औंल्याइदैछ । चीनले पनि बत्तीय सहयोग गरिरहेको पाकिस्तानमा रुसले हतियार निर्यात र रक्षा सम्वन्धकाक कुरामा भारत निकै चिन्तित हुनु पुगेको देखिदैछ ।

गएको टोकियो क्वाड बैठकका बेला भारतका प्रधानमन्त्री मोदीले जापानी उद्योगहरुसँग दुइ पक्षीय सुरक्षा तथा रक्षा सहयोग बढाउन आह्वान पनि गरेका थिए । त्यसमा हाई–टेक सैन्य उत्पादनको क्षेत्र पनि समाबेश रहेको बताइन्छ । अर्कोतिर अमेरिका र भारतले अन्तरिक्ष र साईबर लगायत नयाँ नयाँ क्षेत्रमा सहयोगको बिस्तार गरेको र यस बर्ष कृत्रिम बुद्धिमत्ता(एआई)मा सम्बाद शुरु गरेर आफ्नो ‘प्रमुख रक्षा साझेदारी’ सघन तुल्याउने प्रतिबद्धता पनि जारी गरेको छ । अनि यूरोपेली संघ र इजरायल पनि भारतमा प्रमुख रक्षा उपकरण निर्यातक देश बनिरहेका छन् ।
उल्लेखनीय छ कि टोकियो क्वाड बैठक पछि भारतका प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति बाइडेनसँग भनेका थिए ‘भारत–अमेरिका सम्बन्ध सही अर्थमा बिश्वासकाके साझेदारी’ हो र ‘हाम्रा सामान्य हित र साझा मूल्य सबल भएका छन्’। त्यसैलाई अझ जोड दिदै बाइडेनले भनेका थिए – ‘भारत–अमेरिकी सम्वन्ध बिश्वलाई अझ निकट तुल्याउनका लागि प्रतिबद्ध’ छ । यस स्थितिमा हिन्द–अमेरिकी बढ्दो मित्रता बढ्दो गठबन्धनले ब्रिक्स टुट्नेसम्मको स्थिति बिकसित हुनसक्ने अनुमान पनि एकथरीले गरिरहेका छन् । तर रुस र चीनको बढ्दो सम्वन्ध भने अझ सबल हुने देखिदैछ । यो चिनीयाँ बिश्व कूटनीतिकै बिजको बिषय बन्ने देखिएको छ ।