बुधबार, भाद्र ३ गते २०८३

प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा

जेठ २२, २०७९ आइतबार
प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा

 

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको १५औं वर्षमा प्रवेश गरेको छ । २०६५ साल बाट सञ्चालनमा आएको कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापित गर्दै बीमितहरुलाई सरल तथा सहज बीमा सेवा प्रदान गर्दै आएको छ । सबल शुरुवात संगसंगै सबल संरचनायुक्त व्यवसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफ्नो परिचय दिन कम्पनी सफल भएको छ ।

१५औं वर्ष प्रवेशको अवसरमा आगामी दिनहरुमा अझ उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिष्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने बताए । 

२ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । हालसम्म कम्पनीले १७ लाख ५९ हजार ३४४ बीमालेख जारी गरी २६ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गर्न सफल भएको छ । कम्पनीले १८ अर्ब ३४ कराड रुपैयाँ लगानी गरेको छ ।