सहकारी संस्थाका सञ्चालकहरूकाे क्षमता अभिवृद्ध गर्ने उदेश्यले आजबाट दुइदिने तालिम शुरू भएकाे छ ।
ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको संयोजनमा तालिम शुरू भएकाे हाे । तालिममा ३२ सहकारी संस्थाका सञ्चालकहरूकाे सहभागिता रहेकाे छ ।
यस अघि पनि सञ्चालक समितिका लागि २ वटा तालिम कार्यक्रम सम्पन्न भइसकेका छन् । संघले ललितपुर महानगरपालिकासँग समन्वय गरेर संस्थाका व्यवस्थापन प्रमुख, लेखासमिति सदस्य र सञ्चालक समितिलाइ तालिम दिएकाे संघका व्यवस्थापक सन्ताेष बजगाइले बताए ।
पटकपटक गरेर हालसम्म व्यवस्थापनका ५७ जना , लेखा समितिका १२१ जना र सञ्चालक समितिका ९२ जनाले तालिममा सहभागि भइ लाभ लिएका छन् । सञ्चालक समितिका लागि आगामी साता एउटा तालिम आयाेजना हुनेछ ।
सहकारी संस्थाका तीनै पक्षलाइ तालिम दिइ उनीहरूकाे क्षमता अभिवृद्धि गरेर संस्थाहरूलाइ सहकारीकाे मुल्य मान्यता सिद्धान्तमा हिँडाउन र सुशासनयुक्त बनाउने लक्ष्य तालिमकाे छ। ललितपुर महानगरभित्र ३२९ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् ।
