आइतबार, कार्तिक ९ गते २०८३

जनमुखी साकोसद्वारा नवनिर्वाचित जनप्रतिधिलाई सम्मान, पद्धतिमा नचल्ने सहकारीलाई कानुनी दायरामा ल्याइनेः गा.पा. प्रमुख

जेठ १७, २०७९ मंगलबार
जनमुखी साकोसद्वारा नवनिर्वाचित जनप्रतिधिलाई सम्मान, पद्धतिमा नचल्ने सहकारीलाई कानुनी दायरामा ल्याइनेः गा.पा. प्रमुख

 

दोलखाको मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । संस्थाले  स्थानिय तह निर्वाचन २०७९ मा वैतेश्वर गाउँपालिकाबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु लगायत सम्पुर्ण प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको हो । 

संस्थाका अध्यक्ष माधवप्रसाद दहालको अध्यक्षता तथा वैतेश्वर गाउँपालिका प्रमुख छवि लामाको प्रमुख आतिथ्यतामा संस्थाको मुख्य कार्यालय मैनापोखरीमा  े कार्यक्रम भएको थियो । 

कार्यक्रमको सञ्चालन संस्थाका सचिव लक्ष्मण चौँलागाईंले गरेको थिए । संस्थाका उपाध्यक्ष गीताकृष्ण शर्माले स्वागत गरको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष  लामाले वैतेश्वर गाउँपालिकाभित्र नियम काुनन र पद्धतिलाई अनुसरण नगर्ने सहकारी संस्थाहरुलाई कानुनी दायरामा ल्याउने बतए । त्यसैगरी नीति, विधि र प्रविधिमा सञ्चालित सहकारी संस्थाहरुको प्रवर्धन र विकासमा सहकार्य गर्दै अगाडि बढ्ने  र वैतेश्वरको समृद्धि र विकासमा टेवा पु¥याउन लगाइने जनाए । 

संस्थाका अध्यक्ष दाहालले स्थानिय सरकार र सहकारीबीचको साझेदारीको लागि सहकारीसँग सम्बन्धित विषयबस्तुमा केन्द्रित रहेर छलफल गर्नेगरी स्थानिय सरकारका प्रतिनिधिहरुसँग छुट्टै एउटा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने बताए ।