शनिबार, आश्विन १७ गते २०८३

सवारी चालक अनुमति पत्रका लागि आवेदन खुल्यो,अनलाइबाटै फाराम भर्न र दस्तुर तिर्न सकिने

जेठ १६, २०७९ सोमबार
सवारी चालक अनुमति पत्रका लागि आवेदन खुल्यो,अनलाइबाटै फाराम  भर्न र दस्तुर तिर्न सकिने


आजबाट यातायात व्यवस्था विभागले  सवारी चालक अनुमति पत्र ‘लाइसेन्स ’का लागि अनलाइन आवेदन  खुल्ला गरेको छ । विभागले आज सुचना जारी गर्दै लाइसेन्स लागि हालसम्म परेका अनलाइन आवेदनहरू रद्द गरी सोमबारबाट अनलाइन आवेदन प्रणाली शुरु गरेको जनाएको छ । 

 नयाँ सवारी चालक अनुमति पत्र प्राप्तका लागि विभागले तोकेको वेवसाइटमा लगईन गरी नयाँ आवेदन फाराम भर्न सकिनेछ । विभागले अहिले नयाँ प्रविधिको विकास गरेको र जसबाट सहजै सेवाग्राहीले सेवा प्राप्त गर्ने सक्नेछन् । अबदेखि सेवाग्राहीले नै अनलाइनबाट फाराम भरी आवश्यक दस्तुर र ट्रायलको लागि मिति लिन सक्नेछन् । 

 गत चैत १ देखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द छ। सेवाग्राहीको अधिक चाप र सर्भरमा देखिने समस्याका कारण विभागले अनलाइन प्रणाली बन्द गरेको थियो ।