शनिबार, कार्तिक ८ गते २०८३

हसना भास्तिपुरले साताव्यापी कार्यक्रम गरी मनायाे तेह्राैं वार्षिकाेत्सव

जेठ १३, २०७९ शुक्रबार
हसना भास्तिपुरले साताव्यापी कार्यक्रम गरी मनायाे तेह्राैं वार्षिकाेत्सव

 

हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी १३औं वार्षिकाेत्स मनाएको छ ।

संस्थाले गत जेठ ७ गतेदेखि एक सातासम्म विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो । साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन हसना भास्तिपुर समुहका सदस्यहरुबीच फुटसल प्रतियोगिता भएको थियो । त्यसैगरी दोश्रो र तेश्रो दिन संस्थाका बाल बचतकर्ताहरुको बीचमा चम्चा दौड र म्युजिक चेयर प्रतियोगिता सञ्चालन गरिएको थियो । चौंथो दिन संस्थाका कर्मचारीहरुको समुहबीच हाजिरीजवाफ प्रतियोगिता, पाँचौं दिन युवा, विद्याथी र नारी सामुहिक बचतसमुहबीच अन्तक्र्रिया र छैठौं दिनमा ‘साइन्स अफ् ग्रोथ’ विषयमा अनलाइन माध्यमबाट अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको हो । 

संस्थाले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष नारायण कुमार महर्जनको अध्यक्षता एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीको प्रमुख आतिथ्यतामा विभिन्न संघसंस्था तथा नवनिर्वाचित जनप्रतिधिको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसका साथै हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट चन्द्रागिरि नगरपालिका वडा नं १२ का नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई कार्यक्रममा सम्मान गरिएको प्रबन्ध सञ्चालन सम्पूर्ण महर्जनले बताए । 

संस्थाले आजबाट हसना भास्तिपुर मासिक खबरको समेत विमोचन गरेको छ । आगामी दिनमा हरेक महिना हसनाको गतिविधिलाई समेटेर उक्त पत्रिका प्रकाशन गरिने भएको छ । 

संस्थाले १३ वर्षको अवधिमा करिब ८ हजार सदस्यलाई बचतऋका साथै औषधोपचार, मृत्यु राहत, सुत्केरी भत्ता, दुर्घटना बीमा जस्ता सुविधा प्रदान गर्दै आएको छ । 

संस्थाले हालसम्म ७ करोड २१ लाख, १ अर्ब २५ करोड बचत संकलन र १ अर्ब ३० करोड ऋण लगानी गरी १४५ करोडको कुल कारोबार पुर्‍याएको छ । संस्थाले मुख्य कार्यालय बलम्भु सहित बलम्बु हाइवे र मच्छेगाउँ टौखेलमा सदस्य सेवा केन्द्र विस्तार गरी सदस्यलाई सहज वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

hasana 2.jpghasana 3.jpg