काठमाडौं महानगरको मेयरमा बालेन शाह निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान नवनिर्वाचित मेयर र उपमेयरलाई औपचारिक रुपमा विजयी घोषणा गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो ।
निर्वाचितभएसँगै संक्षिप्त प्रतिक्रिया दिँदै मेयर शाहले काठमाडौंलाई देशको मात्र नभई विश्वकै उत्कृष्ट सहर बनाउने जनाए ।
‘यो हाम्रो विजयभन्दा पनि कामको शुरुवात हुनेछ । अबको ५ वर्ष हाम्रा एजेन्डाहरुलाई कार्यान्वयन गर्नतर्फ लाग्ने हो । काठमाडौं महानगर हाम्रो परिवार हो । र, यसलाई विश्वकै उत्कृष्ट सहर बनाउनका लाग सबैसँग सहकार्य गर्नेछौं,’ उनले भने ।
‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरुवात हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’
उनले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताए । ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधैं परिवार नै थियो र परिवार नै रहनेछ’, उनले भने ।
समर्थकहरु बालेनसहितको धन्यवाद र्याली महानगरका विभिन्न भाग परिक्रमा गरेको छ ।