शनिबार, कार्तिक ८ गते २०८३

संचित साकोस र सिद्धि स्मृति अस्पतालबीच सहकार्य, सदस्यलार्ई विभिन्न छुट

जेठ ११, २०७९ बुधबार
संचित साकोस र सिद्धि स्मृति अस्पतालबीच सहकार्य, सदस्यलार्ई विभिन्न छुट

 

भक्तपुरमा रहेको संचित बचत तथा ऋण सहकारी संस्था र  सिद्वि स्मृति प्रतिष्ठान, सिद्वि स्मृति महिला तथा बाल अस्पताल, भिमसेनस्थानबीच सहकार्यको लागि सम्झौता भएको छ । 

संस्थाका सदस्यहरुलाई स्वास्थ्य उपचारमा छुट दिने सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । सदस्यहरुले उक्त अस्पतालमा सेवा लिँदा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । अस्पतालमा डाइग्नोष्टिक सेवा उपलब्ध रहेको छ । सदस्यले ल्याब सर्भिस, एक्सरे, अल्ट्रासाउण्ड, इसीजी, इको  लगायतमा १५ प्रतिशत छुट पाउनेछन् । त्यसैगरी आइसीयु र सर्जरी सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।