शनिबार, कार्तिक ८ गते २०८३

बालकुमारी साकोसद्वारा प्रोटेस्ट स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तालिम

जेठ ११, २०७९ बुधबार
बालकुमारी साकोसद्वारा प्रोटेस्ट स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तालिम

 

बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई प्रोष्टेट ग्ल्याण्ड सम्बन्धी अभिमुखीकरण तालिम दिएको छ । संस्थाको शिक्षा तथा स्वास्थ्य उपसमितिको आयोजनामा भएको उक्त तालिममा १२० पुरुष सदस्यको सहभागिता रहेको थियो । डा. अनिल श्रेष्ठले सहभागिहरुलाई प्रोष्टेट सम्बन्धी चेतनामूलक जानकारी दिएको समितका संयोजक अम्बिका श्रेष्ठले बताइन् । ४० वर्ष उमेर नाघेका पुरुषहरुले खानपान  र जीवनपद्धतिलाई परिवर्तन गरे त्यस्तो रोगबाट बच्न सकिने डाक्टर श्रेष्ठले बताए । 

संस्थाले आफ्ना सदस्यहरुलाई विभिन्न समयमा स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी सुसचित गराउँदै आएको छ । समुदायमा आधारित संस्थाको रुपमा छुट्ट पहिचान बनाउन सफल बालकुमारी साकोस त्यस भेगको वित्तीय रुपमा पनि अब्बल संस्थाको रुपमा स्थापित छ । 

संस्थाका अध्यक्षा तुइलाल श्रेष्ठले डा. श्रेष्ठलाइ मायाकाे चिनाे प्रदान गरेका थिए । कार्यक्रममा संस्थाका सञ्चालक समिति तथा विभिन्न उपसमितिका सदस्यकाे उपस्थिति रहेकाे थियाे । 

bal k 2.jpg