शनिबार, आश्विन १७ गते २०८३

चक्रपथ बाहिर र अरनिको राजमार्ग वरपर खानेपानी पाइप बिछ्याइने

जेठ १०, २०७९ मंगलबार
चक्रपथ बाहिर र अरनिको राजमार्ग वरपर खानेपानी पाइप बिछ्याइने

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्याकाभित्र जलाधार संरक्षण, एक घर, एक धाराको नीति अघि बढाउने, खानेपानी आयोजनामा जन श्रमदान दिगो सञ्चालन र मर्मतको व्यवस्था गरिने, चक्रपथ बाहिर र अरनिको राजमार्ग वरिपरि खानेपानीको पाइप विछ्याउन शुरु गरिने उल्लेख गरिन् । 

त्यसैगरी सरकारले काठमाण्डौ उपत्यकाभित्र एकिकृत सार्वजनिक यातायात योजना कार्यान्वयमा ल्याउने भएको छ भने उपत्यकाका सडकलाई पैदलयात्री मैत्री बनाउने भएको छ । 

फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरिने र फोहोर पानी व्यवस्थापन र ढलप्रशोधन कार्यक्रम सञ्चालन गर्न १०० वटा विभिन्न स्थानीय तहलाई सहगोग गरिने भएको छ ।