शनिबार, आश्विन १७ गते २०८३

संशोधनसहितको ३५ बुँदे एकिकृत निर्देशिका छिट्टै जारी हुने

जेठ ९, २०७९ सोमबार
संशोधनसहितको ३५ बुँदे एकिकृत निर्देशिका छिट्टै जारी हुने

 

सहकारी विभागले आगामी साता संशोधन सहितको एकिकृत निर्देशिका जारी गर्ने भएको छ । विभागले जेठ १२ गते ८८ बुँदाबाट घटाएर ३५ बुँदामा एकिकृत निर्देशन जारी गर्ने भएको हो । अब जारी हुने निर्देशन सहकारी अभियानले अपेक्षा गरे अनुरुप आउने छलफलमा सहभागी एक सहकारीकर्मीले जनाए । 

सहकारी अभियानका सरोकारवाला निकाय राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कुन लगायतसँग सुझाव लिएर निर्देशन परिमार्जन गरिएको छ । निर्देशन परिमार्जनका लागि विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा एक समिति बनाइएको थियो । 

यस अघिका तत्कालिन रजिष्ट्रार झलकराम अधिकारीले गएकाे फागुन १ गते ८८ बुँदे एकिकृत निर्देशन जारी गरेका थिए । उनको सरुवा माघ २८ गते नै भइसकेको अवस्थामा जारी गरिएको निर्देशन पूर्ण नभएको र तालुकदार मन्त्रालयसँग समन्वय नै नगरी आएकोले उक्त निर्देशन परिमार्जन गरिएको हो । वर्तमान रजिष्ट्रार रुद्रप्रसाद पण्डितले हतारमा जारी भएको निर्देशनमा कतिपय बुँदा अल्मलिने भएको र त्यसलाई स्पष्ट हुने गरी संशोधन सहित निर्देशन ल्याउने बताएका थिए ।