शनिबार, आश्विन १७ गते २०८३

 मूसलधारे पानी पर्दा ६० जनाको मृत्यु, लाखौं घरबारबिहीन 

जेठ ९, २०७९ सोमबार
 मूसलधारे पानी पर्दा ६० जनाको मृत्यु, लाखौं घरबारबिहीन 


मुसलधारे मनसुन–पूर्ब बर्षाले गर्दा भारत र बंगलादेशमा ६० भन्दा बढी मानिसको ज्यान गएको छ भने त्यहाँका रेल स्टेशनहरु, कतिपय शहरी र ग्रामीण क्षेत्रहरु बाढीले बगाउँदा  लाखौ मानिसहरु  घरबारबिहीन बन्न पुगेका छन् ।
जलवायु परिर्बतनका प्रभावहरु तीब्र बन्दै गए पछि हालसालैका दिनहरुमा  चर्को गर्मीको सामना गर्दै आएको दक्षिण एशियाली क्षेत्रमा मौसम चरम प्रकृतिको बन्दै र बढ्दै गएको जानकारहरुले उल्लेख गरेका छन् ।
यस बर्ष उत्तरी र मध्य क्षेत्रका भारतीय भूभागहरुमा गएको अप्रिल महिनामा औसत तापक्रम उच्चतम बिन्दूमा पुगको रेकर्ड गरिएको थियो भने बंगलादेशमा गत बर्ष अत्याधिक बर्षा र पहिरोले रातारात रोहिंग्या शरणार्थी शिबिरहरु बगाएको थियो । त्यस अघि २०२० मा मूसलधारे बर्षाले गर्दा बंगलादेशको एक चौथाई भूभाग नै डुबाएको थियो ।

flooded area.jpg
भारत र बंगलादेश हिन्द महासागर र बंगालको खाडी नजिक रहेका करणले ती क्षेत्र जलवायु परिबर्तका लागि बिशेष जोखिमका क्षेत्र मानिन्छन् । उष्णकटीबन्धीय  पानीले बढ्दो गर्मीका लहरहरु अनुभव गरिरहेको छ, फलतः केही ठाउँहरमा सुख्खा अबस्था र अन्य कतिपय ठाउँहरमा बर्षामा उल्लेख बृद्धि भएको हालैका अध्ययनहरुले दर्शाएको छ ।
बिवरण अनुसार बिश्वका नदीहरुमध्यै एक ठूलो नदी मानिने ब्रह्मपुत्र क्षेत्रको भारतको दुर्गम, कडा उत्तरपूर्बको कृषि भूमि, कतिपय क्षेत्रका गाउँहरु र शहरहरुको बिशाल क्षेत्र पनि डुवान परेको बताइएको छ । 

समाचार श्राेत - बिभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरू