शनिबार, आश्विन १७ गते २०८३

सहकारी क्षेत्रमा दुई दिने बिदा कार्यान्वयन कठिन, घोषणा गरेकाले पनि गरे फिर्ता

जेठ ८, २०७९ आइतबार
सहकारी क्षेत्रमा दुई दिने बिदा कार्यान्वयन कठिन, घोषणा गरेकाले पनि गरे फिर्ता

 

सरकारले शनिबार र आइतबार दुवै दिन सार्वजनिक विदा दिने निर्णय लागु गरेको भएतापनि सहकारी क्षेत्रमा यसको कार्यान्वयन नहुने देखिएको छ । 

आइतबार सेवा संचालन गर्न प्रारम्भिक सहकारी संस्थाहरुबाटै चर्को दवाव आएपछि यस अघि विदा दिने निर्णय गरेको केन्द्रीय बचत तथा ऋण सहकारी संस्थाले नेफ्स्कूनले आफ्नो निर्णय फिर्ता लिएको हो ।

आइतबार सहकारी संस्थाहरुका लागि नगद कारोबार गर्न सक्ने गरी काउन्टर मात्र संचालन गर्ने निर्णय गरिएको नेफ्स्कून अध्यक्ष परितोष पौड्यालकाे भनाइ छ । अधिकांश सहकारी संस्थाहरुले आईतबार सेवा संचालन गर्न थालेपछि नेफ्स्कूनलाई दवाव बढेको थियो ।

त्यसैगरी काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघले पनि यसअघि दुई दिनै विदा दिने सूचना जारी गरेको भएपतापनि आइतबार पनि खुल्ला रहने सूचना जारी गरेको छ । यस अघिकै नियमित समयमा आइतबार सेवा प्रदान गर्ने कास्कुनले जनाएको हो । 

यस अघि राष्ट्रिय सहकारी बैंकले आफ्ना सेवाहरु आइतबार पनि सूचारु रहने जनाइसकेको छ । काठमाण्डौ उपत्यकामा सञ्चालनमा रहेका अधिकांश प्रारम्भिक संस्थाले पनि आइतबार पूरासमय नै सेवा दिने जनाएका छन् भने केहिले आंशिक समय काउण्टर सेवा दिने जनाएका छन् । सदस्यहरू दुइदिने बिदाप्रति असहमत भएकाले आइतबार कायार्लय खाेलिएकाे संस्थाहरूले जनाएका छन् । सीमित संस्थाहरुले भने आइबार पूर्णरुपमा कार्यालय बन्द रहेन सूचना दिएका छन् ।