शनिबार, आश्विन १७ गते २०८३

अघिअघि बालेन, आशमा स्थापित र सिंह

जेठ ४, २०७९ बुधबार
अघिअघि बालेन, आशमा स्थापित र सिंह

 

काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार बालेन्द्र(बालेन) साहले मतगणनामा निरन्तर अग्रता लिइरहेका छन् । गणना भइसकेका र गणना भइरहेका महानगरका सबै वडामा आफ्ना निकटतम प्रतिद्वन्दी उमेदवारभन्दा उनले बढी भोट ल्याएका छन् । 

बुधबार दिउँसाे १ बजेसम्म साहकाे मत १६७७५, एमालेका केशव स्थापितकाे ८७२६ र नेपाली काँग्रेसकी सृजना सिंह  श्रेष्ठकाे मत ७८३३ रहेकाे छ । साह निकटतम प्रतिद्वन्दी स्थापितभन्दा ८००० मतले अगाडि रहेका छन् । 

हाल काठमाडौं महानगरमा गणना सम्पन्न भइसकेका वडा नं १, २, ३ ,५  र गणना भइरहेको ४, ६, ७, २९, ३०, ३१ र ३२ सबै वडामा पनि बालेनको अग्रता रहेको छ । 

साहले गणना हुन बाँकी सबै वडामा अहिलेकै अनुपातमा भोट आउने बताएका छन् । ललितपुर महानगरको मतगणनास्थलमा पुगेका बालेनले ललितपुर महानगरका मेयरका उम्मेदवार चिरिबाबु महर्जनसँगको भेटमा भेटमा बालेनले काठमाडौको कोर एरियाबाट पनि आफूलाई अहिलेको जस्तै मत आउने दावी गरका हुन् । 

उनले भने “कोर एरियामा पनि मेरो मत बराबरी आउँछ। सबैले मलाई युवाहरूले मात्रै मत दिएको ठानेका छन्। तर, ५० वर्षमाथिका उमेर समूहले पनि उत्तिकै मत दिनुभएको छ ।”

हालसम्म महानगरमा खसेकाे मतकाे एकतिहाइभन्दा कम मत मात्र गणना भएकाे छ ।  कामपाका नेवार समुदायको बहुलता रहेका बाँकी वडाबाट नेपाली काँग्रेसका श्रेष्ठ र नेकपा(एमाले)का उमेदवार स्थापितको राम्रो मत आउने अपेक्षा गरिएको छ । तर हालसम्म गणना भएको ट्रेण्ड हेर्दा बाँकी वडाहरुमा पनि साहकै अग्रता कायम रहने अनुमान गर्न सकिन्छ ।