महानगरको मतगणना शुरु भएदेखि नै निरन्तर अग्रस्थानमा रहेको काठमाडौं महानगरको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्ना निकटतम प्रतिद्वन्दीसँगको मतान्तर ५ हजार भन्दामाथि पुर्याएका छन्।
मंगलबार बिहान १२ बजेसम्मको मत परिणामअनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा(एमाले) को उमेदवार केशव स्थापितको भन्दा बालेन साहको मत ५ हजार ५८ मतले बढी छ । साहले १०८९९ मत पुर्याएका छन् भने स्थापितको मत ५८४१ रहेको छ ।
त्यसैगरी तेस्रो स्थानमा रहेकी नेपाल काँग्रेसकी उमेदवार सिर्जना श्रेष्ठ सिंहले ले ५ हजार ७४ मत प्राप्त गरेकी छन्।
त्यसैगरी उपमेयरमा नेकपा(एमाले) तर्फकी उमेदवार सुनिता डंगोलले ९४१९ प्राप्त गरेकी छिन् भने निकटतम प्रतिद्वन्दी नेकपा(एस) का रामेश्वर श्रेष्ठले २५७५ मत पाएका छन् । डंगोलले ६८४४ मतका साथ अग्रता लिइरहेकी छिन् ।
काठमाडौँ महानगरपालिकाको अहिले पनि ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको मत गणना चलिरहेको छ। मत परिणाम सार्वजनिक भइसकेको काठमाडौँ–१ मा एमालेका भारतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन्।