स्थानीय तहको निर्वाचनलगत्तै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरिएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य १० रुपैयाँले बढाएको छ । मूल्य बढेसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हाललाई हवाई इन्धन र एलपी ग्यासको मुल्यमा भने कुनै वृद्धि नगरिएको निगमले जनाएको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमले जनाएको छ ।