
चन्द्रमणि गौतम
अल्बर्ट आइन्स्टाइन पछिका सबभन्दा विश्वप्रसिद्ध बैज्ञानिक ‘विज्ञानका दूत’ भनी पश्चिमा जगतमा लोकप्रिय स्टेफेन हकिङ्,का अनौठा विशेषता :
विश्व प्रसिद्ध प्राचीन वैज्ञानिक ग्यालिलियो ग्यालिलीको मृत्यु (८ जनबरी १६४२) को तीनशयौँ वार्षिक स्मृतिका दिन यिनी जन्मे (८ जनबरी १९४२) र अर्का प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनको जन्म (१४ मार्च १८७९) कै दिन यिनको निधन भयो (१४ मार्च २०१८) । संयोग कस्तो भने, यिनको निधन, (चैत १ गते) अल्बर्ट आईन्स्टाईन र मेरो जन्म एउटै दिन पर्नगयो । लौ जा
।
२१ वर्षको उमेरभन्दाअघि यिनी शारीरिक रुपमा तन्दुरुस्त भएपनि २१ वर्षमा मोटर न्युरोन नामक सम्पूर्ण शरीर शिथिल हुने दुर्लभ रोग लाग्यो । डाक्टरले यिनलाई २ वा ३ वर्षमात्र बाँच्ने निष्कर्ष दिएका थिए । तर यिनी महारोग लागेको ५५ वर्षसम्म ह्विल चेयरमै बाँचे ।
यिनी रसिला र ठट्यौलो मिजासका थिए ।
यिनको भौतिक शरीर कष्टपूर्ण थियो, तर कष्टमय अवस्थामै यिनले दुई बिहे (१९६५ र १९९५मा) गरे र तीन छोराछोरी (लुसी, रोबर्ट र टिम) का बाबु बने । पछिल्लो बिहे एक नर्ससँग भयो, जसका पति डेभिडले नै उनलाई बोल्न सहज बनाइदिने विद्युतीय ध्वनी सिन्थेसाइजरको डिजाइन गरिदिएका थिए ।
४६ वर्षकै उमेर (१९८८) मा प्रकाशित उनको प्रसिद्ध पुस्तक ‘समयको संक्षीप्त इतिहास’ (A Short History of Time) आजसम्म सवा करोड प्रतिभन्दा बढी बिक्री भएर प्रकाशित भएको २३७ दिनमै सर्वाधिक बिक्री भएको (Best saler) पुस्तक बनेको छ ।
तर यिनलाई नोवेल पुरस्कार यसकारण दिईएन कि उनले प्रतिपादन गरेका वैज्ञानिक सिद्धान्त र सूत्रहरूको प्रमाणित आधार र वैज्ञानिक पुष्टी हुन बाँकी रहेको, नोवेल कमिटीले निष्कर्ष दिएको थियो ।
साभार : गाैतमजीकाे मुहारपुस्तिका