सरकारले जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल राष्ट्रबैंकले वित्तीय संस्थाहरुमा सो नियम लागु हुने परिपत्र गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउसलाई एक परिपत्र जारी गर्दै कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म साढे ९ देखि साढे ५ बजेसम्म हुने जनाएको छ ।
जेठ १ देखि सबै वर्गका बैंक तथा वित्तीय संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा हुने छ । सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे ९ देखि अपरान्ह साढे ५ बजेसम्म हुने छ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान साढे ९ देखि अपरान्ह साढे ४ सम्म मात्रै कार्यालय खोल्नुपर्ने छ ।
२०७९ सालमा निर्धारण गरिएको दशैं र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगातार २ दिनभन्दा बढी भएका तेस्रो दिनदेखि अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न आवश्यकता अनुसार कर्मचारी खटाई सेवा दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।