शुक्रबार, कार्तिक ७ गते २०८३

हिमालयन हाइड्रोपावरले खुल्ला गर्‍यो आयोजना प्रभावितका लागि आईपीओ

बैशाख २५, २०७९ आइतबार
हिमालयन हाइड्रोपावरले  खुल्ला गर्‍यो आयोजना  प्रभावितका  लागि आईपीओ

हिमालयन हाइड्रोपावर लिमिटेडको ९ करोड मूल्य बराबरको ९ लाख कित्ता आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीय बासिन्दाहरुका लागि आईपीओ खुला गरेको हो । कम्पनीको जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात ९ लाख कित्ता सेयरको प्राथमिक बिक्री खुला भएको कम्पनीले जनाएको छ । आईपीओमा कम्तीमा १० देखि अधिकतममा एक लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की मादी गाउँपालिका वडा नंम्बर १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुले जेठ ८ गतेआवेदन दिन सक्नेछन । तोकिएको समयभित्र सबै सेयर खरीदमा आवेदन नपरे ढिलोमा जेठ २३ गतेसम्म आईपीओ निष्काशन खुला रहनेछ । 

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।