ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता अनुसार नेपाल सरकार तथा बैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच निजी क्षेत्र प्रवर्धित मिनी ग्रिड इनर्जी एक्सेस प्रोजेक्ट सम्बन्धमा सहायक ऋण सम्झौता भएको हो । सम्झौता बमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ र उक्त रकम ग्लोबल आइएमई बैंकले १०० किलोवाटका सौर्य मिनी ग्रिड परियोजना निर्माण, जडान तथा विद्युत वितरण कार्यको लागि ऋणको रूपमा उपलव्ध गराउने छ ।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले यस्ता किसिमका परियोजनाहरुमा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रवर्धन गर्न विभिन्न वित्तीय सुविधाहरु प्रदान गर्दै व्यवसाय बृद्धिको लागि सहयोग गर्ने लक्ष्य अनुसार यस सम्भौताअन्तर्गत देशको दुर दराजमा सञ्चालन हुने साना परियोजनाहरु विभिन्न बैंकिङ्ग सुविधा प्रदान गर्नेछ ।
बैंकले ७६ जिल्लामा बैंकको २८८ शाखा, २५२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।