शनिबार, आश्विन १७ गते २०८३

नबिलले बोलायो विशेष साधारणसभा, एनबी बैंकसँगै एक्विजिसन चाँडै टुङ्ग्याउने

बैशाख २२, २०७९ बिहीबार
नबिलले बोलायो विशेष साधारणसभा, एनबी बैंकसँगै एक्विजिसन चाँडै टुङ्ग्याउने

 

नबिल बैंकले एनबी बैंकलाई चालु आर्थिक वर्षभित्रै एक्विजिसन गरिसक्ने रणनीतिका साथ प्रक्रियालाई तीब्रता दिएको छ । 

बैंक एक्विजिसन प्रक्रियालाई छिटोभन्दा छिटो सक्ने रणनीतिका साथ अहिले दुवै बैंकले समिति नै बनाएर काम गरिरहेका छन् । एक्विजिसनको विषयको अख्तियारी पाउनका लागि नबिल  बैंकले जेठ ७ गते शनिबार बिहान ११ बजे विशेष साधारण सभा डाकेको छ।

बैंक सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाका लागि बैंकले आगामी बैशाख ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । 

नबिल बैंकले उदयकृष्ण उपाध्याय र एनबि बैंकले इन्द्रबहादुर थापाको नेतृत्वमा मर्जर समिति बनाएको छ । समितिमा दुबै बैंकका २र२जना सञ्चालकहरु पनि छन् ।

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई एनबी गाभ्न गत फागुनमा सैद्धान्तिक सहमति प्रदान गरेको थियो । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक २३ अर्बको चुक्ता पुँजीका साथ, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ ।