शनिबार, आश्विन १७ गते २०८३

भक्तपुर बचत संघको १८औं स्थापना दिवसमा “प्रदेश सहकारी मापदण्ड, २०७७” विषयक अन्तरक्रिया

बैशाख २२, २०७९ बिहीबार
भक्तपुर बचत संघको १८औं स्थापना दिवसमा “प्रदेश सहकारी मापदण्ड, २०७७” विषयक अन्तरक्रिया

 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले १८औं स्थापना दिवसको उपलक्ष्यमा “प्रदेश सहकारी मापदण्ड, २०७७” विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेफस्कूनका पुर्व अध्यक्ष कैलाश भक्त प्रधानांङ्घले शुभकामना मन्तव्य राख्दै संस्थाको कारोबार सहकारी संघमा गर्दा संरक्षित पुँजी फिर्ता, ऋणको सुविधा, शेयरमा लाभाँष, बचतमा अधिकतम व्याज तथा सम्मान सहयोगको अवसर पाइने भएकोले बैंक वित्तीय संस्थामा भन्दा सहकारी संघमै कारोबार गर्नुपर्ने विचार व्यक्त गरे । नेपालको सहकारी विकासका लागि सरकार र अभियान मिलेर अघि बढ्ने बाहेक विकल्प नरहेकोले एक अर्कोको विरोधको अर्थ नरहेको प्रधानाङ्गको भनाई थियो । 

कार्यक्रमका सभापति संघका अध्यक्ष संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले प्रारम्भिक संस्था जिल्ला संघमा, जिल्ला संघ केन्द्रिय संघमा आबद्ध हुनु पर्ने तीन तह संरचनाको वकालतमा हालसम्म भक्तपुर बचत संघ लागिपरेको उल्लेख गरे । संघले अन्तरलगानी, तालिम शिक्षा र बहस पैरबीको कामलाई निरन्तरता दिदैं आएको उनले उल्लेख गरे । 

संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले सहकारी संस्थामा ८८ हजार भन्दा बढी कर्मचारीहरु भएता पनि संगठित संजाल नहुँदा सहकारी कर्मचारीको बृत्ति विकास र रोजगारीको आकर्षक क्षेत्र हुन नसकेको औंल्याए । सहकारी संस्थामा एकिकृत कर्मचारी प्रशासन नियमावली लागु गरि सहकारीका कर्मचारीहरुलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । 

संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै संघले १८ बर्षको अवधिमा आफ्नै गौरवशाली इतिहास बनाउन सकेकोमा खुशी व्यक्त गरे । 

संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिर्दै सहकारी ऐन कानुन र मापदण्ड जारी भएता पनि कर्जा सूचना केन्द्र, कालो सुचीको व्यवस्था लगायतका व्यवस्था कार्यान्वयनमा सरकार उदासिन देखिएको जनाए । सदस्य संस्थाहरुसंग अन्तरक्रिया सहित सम्पन्न सो कार्यक्रमको संचालन संघका सचिव जगनाथ प्रजापतिले गरेका थिए । 

bkt sthap ana.jpg

संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको प्रदेश सरकारले जारी मापदण्ड, २०७७ को प्रस्तुतीकरण गर्नुभएको थियो । संघका सदस्य संस्थाहरुबाट १०३ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा ६५ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिताको पुरस्कार जित्न सफल सामूहिक साकोस, शुभकामना साकोस, नवज्योति साकोस, भक्तपुर साकोस, बालकुमारी साकोस, बालाखु गणेश साकोस, सजिलो साकोस र लोकेश्वर साकोसका प्रतिनिधिलाई पुरस्कार प्रदान गरिएको थियो । 

सो कार्यक्रममा संघको सदस्य संस्थाहरुमध्ये सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कृत गर्ने उद्देश्यले संघको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार कार्यविधि २०७८ बमोजिम आगामी साधारण सभामा पुरस्कार दिने गरी जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार भक्तपुर बचत तथा ऋण सहकारी संस्था, च्याम्हासिंह, चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार युवा बचत तथा ऋण सहकारी संस्था, नगरकोटफेदी, भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार सामुहिक बचत तथा ऋण सहकारी संस्था, राममन्दिर, सुर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार बगंलामुखी बचत तथा ऋण सहकारी संस्था , बालकोट र मध्यपुरथिमी नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार उपकार बचत तथा ऋण सहकारी संस्था, बहाखाबजारलाई पुरस्कृत गर्ने घोषणा गरियो ।