शनिबार, कार्तिक ८ गते २०८३

सारथी बहुउद्देश्यीयको सेवा केन्द्र र मार्टको उद्घाटन 

बैशाख १६, २०७९ शुक्रबार
सारथी बहुउद्देश्यीयको सेवा केन्द्र र मार्टको उद्घाटन 


काभ्रे, सारथी बहुउद्देश्यीय सहकारी संस्थोले आफ्नो सेवा विस्तार गर्ने क्रममा मण्डनदेउपुर नगरपालिका स्थित वडा नं ७ मा सेवा केन्द्र उद्घाटन गरेको छ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक समिति सदस्य डिबी बस्नेतको प्रमुख आतिथ्यतामा उक्त सेवाकेन्द्रको उद्घाटन भएको हो ।

मण्डनदेउपुर नगरपालिका रहेको समता बहुयद्देश्यीय सहकारी सस्थासँगको एकिकरण गरी सबै खालका प्रकृया पुरा गरी सेवा केन्द्र सञ्चालन गरेको हो । संस्थाका अध्यक्ष तथा जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोहि स्थानमा भएका शेयर सदस्य, नगरपालिकाका सहकारी बिभमगका संयोजक तथा वडा नं ७ का वडा अध्यक्ष नारायण लम्साल सहितको उपस्थित रहेको थियो भने स्थानीय रुपमा रहेका विभिन्न सहकारी संस्थाहरुको सहभागितामा कार्यक्रम भएको हो ।

sarathi 2.jpg

सारथी बहुउद्देश्यीयको सेवा केन्द्र सँगै मार्टको रुपमा सुपथ मूल्य पसल समेत सञ्चालनमा ल्याएको छ । शेयर सदस्य तथा स्थानीय समुदायमा सस्तो तथा शुलभ तरीकाले विभिन्न खाद्यान्न तथा दैनिक आवश्यकताका सामानहरु उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको मार्टको उद्घाटन पनि अतिथि बस्नेतले गरेका थिए ।

प्रमुख अतिथि बस्नेतले बहुउद्देश्यीय सहकारी संस्था भएकाले सदस्यहरुको आवश्यकताका आधारमा सेवा विस्ता गर्नुपर्ने र सहकारी संस्थाहरुको सिद्धान्त अनुसार नै संस्था चलनु र चलाउनु पर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष दिलिप शर्माले संस्थालाई स्तरीय रुपमा नीति विधि र प्रविधिमा आधारित बनाई नमूना संस्थाको रुपमा सञ्चालन गर्नका लागि आफुहरुसँग विभिन्न खालका योजनाहरु रहेको र उक्त कार्यहरु गर्नका लागि स्थानीयस्तरबाट शेयर सदस्यहरुको सहयोग र सल्लाह आवश्यक रहेको जानकारी गराए । सारथी बहुउद्देश्यीय सहकारी संस्थाको यो सहित अन्य स्थानमा गरी ४ वटा सेवा विस्तारका सेवा केन्द्रहरु सञ्चालन हुँदै आएका छन् । २०७२/०७३ मा स्थापना भई सञ्चालनमा आएको यस संस्थाले हालसम्म २४ करोडको कुलपूँजी निर्माण गरिसकेको छ भने शेयर लाभांशको रुपमा पनि १५ प्रतिशत वितरण गर्न सुरु गरिसकेको छ ।