शनिबार, आश्विन १७ गते २०८३

स्थानीय तह निर्वाचनमा करिब डेढ लाख उमेदवार

बैशाख १३, २०७९ मंगलबार
स्थानीय तह निर्वाचनमा करिब डेढ लाख उमेदवार

 

निर्वाचन आयोगका अनुसार स्थानीय तह सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार जना नाघेको छ । बैशाख ११ र १२ गतेकाे मनाेनयन तालिका अनुसार पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य पदमा गरी मंगलबार अपरान्हसम्मको तथ्यांक अनुसार १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी परेको आयोगले जनाएकाे हो । 

निर्वाचन आयोगका अनुसार प्रमुख पदमा ३ हजार ४३० जना, अध्यक्षमा ३ हजार ३६३, उपप्रमुखमा २ हजार ९७, उपाध्यक्षमा २ हजार ३८२ जनाको उम्मेदवारी परेको छ । यस्तै वडाध्यक्षमा ३४ हजार ३५७ जनाको उम्मेदवारी पर्दा बाँकी पदमा महिला सदस्य, दलित सदस्य र खुला सदस्यको उम्मेदवारी परेको छ । 

आयोगले विवरण संकलनको कार्य जारी रहेकोले उम्मेदवारको अन्तिम विवरण आउन बाँकी रहेकाे जनाएको छ। स्थानीय तह निर्वाचनबाट सबै पदमा गरेर कुल ३५ हजार २२१ जना निर्वाचित हुनेछन् ।