बुधबार, भाद्र ३ गते २०८३

सीवाइसी साकोसकाे कुल सम्पत्ति १ सय ९७ करोडमाथि

आषाढ २२, २०७८ मंगलबार
सीवाइसी साकोसकाे  कुल सम्पत्ति १ सय ९७ करोडमाथि

 

गण्डकी प्रदेशको बाग्लुङ्गमा रहेका सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब ९७ करोड ६ लाख पुगेको छ । हालै सार्वजनिक गरेको वित्तीव विवरण अनुसार संस्थाको शेयर सदस्य १८ हजार ३४९ र बाल सदस्य २३७८ पुगेका छन् । यस अवधिमा संस्थाको शेयर पुँजी ३२ करोड ३६ लाख ८१ हजार बचत १ अर्ब ३९ करोड ३० लाख र ऋण लगानी १ अर्ब ३९ करोड ३० लाख पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी दिए । 

त्यसैगरी संस्थाको १० करोड ४७ लाख कोषहरुमा, ७ करोड ६१ दायित्वरहित कोषहरु र २३ वटा सेवाकेन्द्र पुगेको छ । संस्थामा ११५ जना कर्मचारी कार्यरत रहेका छन् । 

गत वर्षका तुलनामा संस्थाका शेयर सदस्य झण्डै दोब्बरले वृद्धि भएको छ । गत आवको असारमसान्तमा संस्थामा ९९७० शेयरदस्य, २० करोड ५ लाख शेयरपुँजी, १ अर्ब ५ करोड ४९ लाख बचत संकलन तथा ८४ करोड, ७१ लाख ८६ हजार ऋण लगानी रहेको थियो । एक वर्षको अवधिमा संस्थाले सेवा केन्द्रको ११ बाट बढाएर २३ पुर्‍याएको छ ।