शनिबार, आश्विन १७ गते २०८३

मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब माथि

बैशाख ७, २०७९ बुधबार
मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब माथि

 

मुक्तिनाथ विकास बैंकले चैत मसान्तसम्ममा १ अर्ब २ करोड ६ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

९ महिनामा बैंकले ८७ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७२ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यस अवधिमा बैंकले ९९ अर्ब १ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८६ अर्ब ९० करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

चैत मसान्तसम्ममा बैंकको पुँजी अनुपात कोष बढेको छ । गत वर्ष ११.१४ प्रतिशत रहेको पूँजी अनुपात कोष चालु आवको सोही अवधिमा १२.४८ प्रतिशत पुगेको छ ।

बैंकको लागत भने बढेको छ । गत वर्ष ६.०९ प्रतिशत लागत रहेकोमा यो वर्षको सोही अवधिमा ८.५४ प्रतिशत पुगेको जनाएको छ । त्यसैगरी, चैत मसान्तसम्ममा सीडी रेसियो ८५.१३ प्रतिशत, बेसरेट १०.४४ प्रतिशत र ब्याजदर ४.२५ प्रतिशत पुगेको छ ।