शनिबार, आश्विन १७ गते २०८३

तेश्राे त्रैमाससम्म नबिल बैंकको नाफा ३ अर्ब ३५ करोड

बैशाख ६, २०७९ मंगलबार
तेश्राे त्रैमाससम्म नबिल बैंकको नाफा ३ अर्ब ३५ करोड

 

नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सकिँदासम्ममा ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकले उक्त नाफा गरेको हो । 

अघिल्लो आ.व.को सोही अवधिको तुलनामा चालु आवमा बैंकको नाफा घटेको देखिएको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा बैंकको नाफा ८.९१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने २९.३० प्रतिशतले बढेको छ । बैंकले तेस्रो त्रैमाससम्म ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ९६ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

बैंकको निक्षेप ४.८१ प्रतिशत बढेको छ भने कर्जा १२.१० प्रतिशत बढेको छ । बैंकले चैतसम्म कुल २ खर्ब ३४ अर्ब २२ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख रुपैयाँ प्रवाह गरेको छ । त्यसैगरी, बैंकको निष्क्रिय कर्जा ०.४८ प्रतिशतबाट बढेर १.१४ प्रतिशत पुगेको छ ।