चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले २१औं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजना र ब्लोदानको आह्वानमा शनिवार संस्थाको मुख्य कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको हो ।
कान्तिपुर अस्पताल, रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा आयोजित उक्त रक्तदान कार्यक्रममा ९३ जना दाताहरुले अमूल्य रगत दान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।
संस्थाले सदस्यहरूलाइ सबै प्रकारका वित्तीय सेवाका साथै समुदायमाझ संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ ।