काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस एधानोम गेब्रेयसस यही बैशाख ८ गते नेपाल आउने भएका छन् । डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले तीन दिनको उच्चस्तरीय भ्रमणमा महानिर्देशकले नेपालका उच्च अधिकारीहरुसँग भेटघाट हुने जनाइएको छ ।
महानिर्देशक ट्रेडोसको साथमा विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि आउने कार्यक्रम रहेको मन्त्रालयले बताएको छ ।