सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको साधारणसभाले १५ प्रतिशत बोनस सेयर दिने भएका छ । सभाले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांस पारित गरेको छ ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७७।७८ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत दुई अर्व ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन गरेको कम्पनीको २०औं वार्षिक साधारणसभा जानकारी दिइएको हो ।
कम्पनीको चुक्ता पुँजी एक अर्ब १२ करोड रहेको छ भने उपयुक्त पार्टनरसँगको मर्जरसम्बन्धी विशेष प्रस्तावसमेत सभाले पारित गरेको छ ।
सभाले प्रबन्ध पत्रको दफा ५ को ख मा रहेको पूँजी सम्बन्धि व्यवस्थालाई संशोधन गर्ने, नियमावलीको नियम ५ को ख र घ मा रहेको पूँजी सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, प्रवन्ध पत्रको दफा ३.१ मा रहेको उद्देश्य अन्तर्गत सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने गराउने व्यवस्था थप गर्ने विशेष प्रस्ताव साधारणसभाले पारित गरेको छ ।