शनिबार, आश्विन १७ गते २०८३

बीओकेका ग्राहकलाई नयाँ वर्षको शपिङ्गमा छुट

चैत्र २८, २०७८ सोमबार
बीओकेका ग्राहकलाई नयाँ वर्षको शपिङ्गमा छुट

 

बैंक अफ काठमाण्डुका ग्नाहकहरूले नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।


बैंक अफ काठमाण्डुका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्नेछन् ।

साथै, कार्डबाहक ग्राहकहरूले सस्तोडिलमा आफूलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट पाउनेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।