बुधबार, भाद्र ३ गते २०८३

आत्मनिर्भर,अग्रगामी र उन्नत जनमुखी कदमहरुको आबश्यकता

चैत्र २८, २०७८ सोमबार
आत्मनिर्भर,अग्रगामी र उन्नत जनमुखी कदमहरुको आबश्यकता

bhimrama.jpg
–लोकनारायण सुबेदी
बद्लिदो बिश्वसँगै नेपालपनिबद्लिदै गएको कुरालाई कसैले अस्वीकार गर्न सक्तैन । नेपालको भूगोल प्रायः उस्तै भएपनि (यद्यपि यो पनि परिवर्तनकै क्रमबाट गुज्रिरहेको हुन्छ नै) यहाँ राजनीतिक परिवर्तन र प्रयोगका एक पछि अर्को श्रृंखलाहरु देखा परे । तर आम नेपाली जन समुदायका बिभिन्न तह र तप्काको अबस्था, आधार र आवश्यकतालाई मध्यनजर गरेर र्हेर्ने र नेपाली समाजको चरित्र, चिन्तन र ब्यवहारलाई बस्तुगत अधारमा गम्भीररुपमा केलाउने हो भने अहिले पनि त्यो परिवर्तनले गुणात्मक फड्को मार्न सकेको र नयाँ बस्तुगत अबस्था सिर्जना गर्न सकेको स्थिति बिकसित भएको छैन ।
राजनीतिक अग्रगमन र प्रतिगमनको लुकामारी या टक्करको रुपमा अहिले पनि नेपाली समाज मात्रात्मक परिवर्तनकै चरणबाट गुज्रिरहेको छ । यस प्रकार नेपाली समाजको चरित्र अहिले पनि संरचनात्मकरुपमा मूलतः पुरातन नै छ । पछिल्लो सबैभन्दाउच्च परिवर्तन भनिएको अर्थात नेपालबाट राजतन्त्रको अन्त्य पछि पनि नेपाली समाजमा उठेका अन्तरबिरोध र उत्पन्न भएका बिभिन्न तह र तप्काका समस्या र मागहरुलाई हेर्ने र बिश्लेषण गर्ने हो भने पनि यो कुरा (मात्रात्मक परिवर्तनको कुरा) एकदमै प्रष्ट हुन्छ ।
मूलतःहाम्रो देश अहिले पनि अर्ध सामन्ती र अर्ध औपनिवेशिक तथा नब औपनिवेशिक स्थितिकै परिधिभित्रै रुमल्लिएको छ । यो कुरालाई कतिपयले अस्वीकार गर्दछन् र पुरानो नबिकृत शोषणलाई  ‘कार्पेट मुनिफोहोर लुकाएर कोठ सफाभएको’ स्वाँङ गरे जस्तै किसिमले ‘अर्ध सामन्ती’ र ‘अर्ध तथा नब औपनिवेशिक’भन्नेहरुलाई ‘जडसुत्रबादी’को कल्की भिराउने गर्दछन् । यद्यपि यथार्थ बस्तुगत अबस्थालाई हेर्दा अद्यापि नेपाली समाजमात्रात्मक परिवर्तनको चरणबाट गुणात्मक किसिमले अघि बढ्ने आधार र अधिरचना तयार भइसकेको छैन र त्यसो नहुञ्जेल मनोगतरुपमा चाहेर पनि हामी, हाम्रो समाज अगाडि बढ्न सक्ने अबस्था बिकसित हुँदैन भन्ने कुरा एकदमै प्रष्ट छ । त्यसैले नयाँ नेपाल वा नयाँशक्तिको उदयको खोजीगर्दा यी महत्वपूर्ण कुराहरुलाई मूलभूतरुपमा हेर्नु र बिश्लेषण गरेर निष्कर्श निकाल्नु पर्ने हुन्छ । केवल सतही र बाह्य प्रभावलाई मात्र हेर्ने र ब्याख्या गर्ने गरियो भने नेपाली समाजको आजको बस्तुगत तथा आधारभूत यथार्थलाई अर्थ्याउन र यसले लिनपर्ने दिशा र गतिलाई पहिल्याउन सकिने छैन । यो एकदमै ध्रुब सत्य कुरा नै हो । यस आधारमा भन्नपर्दा नेपाली समाज अहिले पनि सामन्ती ब्यवस्थाको भग्नाबशेषकै बीचबाट साम्राज्यबादसँग नाभी गासिएर  परिचालित भइरहेको छ ।
यद्यपि सत्ताको केन्द्रबाट यतिबेला अनिवार्चित र बंश परम्परागत राजतन्त्र बिस्थापित भएको छ । नेपाली समाज र अर्थ–राजनीतिक अग्रगामी परिबर्तको निमित्त बाधक भएर सत्ताको उपरी ढाँचामा सक्रिय र कृयाशील त्यो राजतन्त्रलाई फाल्नकै लागि पनि नेपाली जनताले २००७ साल २०४६ साल र २०६३ सालमा ठूलो जन आन्दोलनको सृष्टि गर्नु प¥यो । अनेकौ यातना, यन्त्रणा र संघर्षका बिचबाट नेपाली जनताले अगाडि बढ्नु प¥यो । अहिले पनि त्यही राजतन्त्रको ध्वंशाबशेषको बीचमा नेपाली समाज लड्खडाइरहेको छ । यसले राष्ट्रिय पूँजीवादी मूलबाटो पक्रिने आधार र आधेय अझै प्रष्टरुपमा बनिसकेको छैन । त्यसका प्रारुपहरु बन्ने बनाउने सामान्य र न्यूनक्रमकै बीचबाट नेपाली समाज गुज्रिरहेको छ । हामीले अहिले बनाएको संविधानमा नेपालीजनताको संर्घषले ल्याएका परिवर्तनको जुन उपलब्धीहरुलाई संस्थागत गर्न खोजिएको छ र त्यसलाई नयाँ नेपालको संज्ञा दिन खोजिएको छ त्यसले पनि हामी सामाजिक परिवर्तनको कुन चरणमा रहेछौ र छौ भन्ने कुराको यथेष्ट पुष्टी गर्न मद्दत गर्दछ ।
निश्चय नै बिश्वमा बिज्ञान र प्रबिधिको अभूतर्पूव बिकासले(जुनपूँजीवादीबिकासकै एउटा अपरिहार्य निरन्तरता पनि हो) खाशगरी सूचनाप्रविधको उच्चतम बिकासले आजको बिश्वलाई निक्कै साँघुरो बनाइदिएको छ । सूचनाको आदान–प्रदानलाई बास्तबमा अभूतर्पूवरुपमा परिवर्तन गरिदिएको छ । सारा संसारमा सूचनाप्रवाह गर्ने र हुन सक्ने आश्चर्यलाग्दो स्थिति सिर्जना गरिदिएको छ । यसले हिजोको सामाजिक संरचना र सम्वन्धलाई पनि निकै ठूलो धक्कादिएको छ र परिवर्तनको तीब्रतालाई बढाउने बाटो बनाइदिएको छ । यति हुँदाहुदै पनिनेपाली समाजको चरित्र आधारभूतरुपमा पुरानै छ ।
अहिले पनि त्यही राजतन्त्रको ध्वंशाबशेषको बीचमा नेपाली समाज लड्खडाइरहेको छ । यसले राष्ट्रिय पूँजीवादी मूलबाटो पक्रिने आधार र आधेय अझै प्रष्टरुपमा बनिसकेको छैन । त्यसकाप्रारुपहरु बन्ने बनाउने सामान्य र न्यूनक्रमकै बीचबाट नेपाली समाजगुज्रिरहेको छ । जनसंख्याको बृद्धि, श्रोतसाधनको समोउचित परिचालन र दीगो बिकासको अभावमाहाम्रो ठूलो ऊर्जाशील यूवा जनशक्ति रोजगारीको निमित्त बिदेशिन बाध्य छ । त्यो यूवा जनशक्तिले पठाएको रेमिट्यान्स(बिप्रेषणले) नै मुलुकको बजेट धानिएको कुरा राज्य सञ्चालकहरुले नै सगर्ब स्वीकार गरिरहेकै कुरा हो । पिछडिएको हाम्रो अर्थतन्त्रकै कारणले योजनाबद्ध बिकासको ६५बर्षभन्दा बढी सयम पार गरिसक्दा पनि आज हामी बिश्वका १० वटा निर्धनतम् देशको श्रेणीमा दरिएका छौ र त्यसबाट बिकासशील चरणमा कसरी पुग्ने भन्ने सतही र किताबी बिचार बिमर्श चलाइरहेका छौ । हाम्रो बिकासको मूल मुद्दा के हो भन्ने कुरा नै अहिलेसम्म पनि स्पष्ट छैन ।

Nepal.jpeg
कृषि अथर्सतन्त्रमा मूलतःआधारित हाम्रो अर्थतन्त्र परनिर्भर छ । कृषि क्षेत्रले देशको राष्ट्रिय श्रमको ६५ प्रतिशत खपत गर्दछ र राष्ट्रिय आमदानीमा मात्र ३० प्रतिशत जति मात्र योगदान गर्दछ भनिरहेका छौ । यसले नै मूलतःहाम्रो अबस्थाको असली तस्वीर के हो भन्ने दर्शाउँदछ । प्रष्ट छ, जबसम्म बैज्ञानिक भूमिसुधार गरेर प्रति इकाई जमिनबाट अधिकतम् उत्पादनलिने किसिमले उन्नत भू–उपयोग नीतिकासाथ जमिनमा उन्नत तरीकाले खेतीपाती गर्ने र उत्पादन बढाउने समुचित ब्यवस्था गरिन्न, किसानको क्रयशत्तिलाई अभिबृद्धि गर्ने र त्यसले निरन्तरता पाउने न्यायोचित प्रवन्ध हुदैन तबसम्म देशमा राष्ट्रिय औद्योगिकरण गरिने आधारभूत परिवेशको पनि बिल्कुलै निर्माण हुदैन । यसको लागि जुन बिद्यूत ऊर्जाको अधिकतम र अनिवार्य आवश्यकता हुन्छ त्यसको आपूर्ति गर्ने ठोस आधार तयार गरिनु सर्बोपरी आवश्यक कदम हुनजान्छ । बिद्यूतऊर्जा बिना आजको कृषि, उद्योग, बन्द–ब्यापार, स्वास्थ्य, शिक्षा, बन, बातावरण, सामाजिक क्षेत्र आदिकुनै क्षेत्रको पनि समुचित र निरन्तर बिकासको परिकल्पनासम्म गर्न सकिदैन । हाम्रो बिकासको सन्दर्भमा सुलभ र सस्तो, टिकाउ र भरपर्दो यस सम्बन्धमा जलश्रोत नै हो र बिकासलाई प्रकृति–मैत्री, बातावरण–मैत्री र जन–मैत्रीबनाउने सबैभन्दा मूलआधार पनि यही नै हो ।
अनि अहिलेसम्मको हाम्रो भयावह ब्यापार घाटा,भयंकर प्रतिकूल भुक्तान सन्तुलन र थपिदो ऋणमाथि ऋणको भार तथा ऋण तिर्न पनि ऋण नै लिनु पर्ने अबस्था जुन छ त्यसले हाम्रो डरलाग्दो पर निर्भरतालाई बढाएको मात्रै छैन, देशमा दलालपूँजीवादी प्रबृत्ति र पद्धति र पराश्रित पूँजीवादलाई बढ्दो प्रश्रय र मलजल दिएको छ । सर्बत्र दलाली, भू–माफिया, जल–माफिया, सर्बत्र कमिशनखोरी जे जे चलिरहेको छ र अजंगका भ्रष्टाचारहरु भइरहेका छन् ती सबैले यही सामन्ती दलाल पूँजीबादीचरित्रलाई अभिब्यक्त गर्दछन् ।यसरी हामी हाम्रा हरेक बिकास परियोजनाहरुमा एक किसिमको ‘भतुवापूँजीवाद’को बिचलनकारी परजीवी प्रबृत्तिको नराम्ररी शिकार भइरहेका छांै । कतिपयले यसै स्थितिलाई नेपालमा पूँजीवादको बिकास भइसकेको र अब ‘समाजवादी’क्रान्तिको बाटो लाग्ने हो भनेर जनतालाई मनको लड्डु घिउसित खुवाउने बौद्धिक बिलास पनि गर्न थालेका र जनतलाई अल्मल्याउने थप उपक्रम चलाएका छन् । यो बास्तवमा जनतालाई निरन्तर अल्मल्याउने र यथास्थितिमा कुर्सी पुगेर मोजमस्ती गर्ने प्रपञ्चकै प्रतिकृति बाहेक अरु केही होइन र हुनपनि सक्तैन ।
त्यसैले, वास्तवमा आज नयाँ बैकल्पिक शक्ति यो अबाञ्छित अबस्थालाई चिर्ने राष्ट्रिय बैकल्पिक  कार्यक्रमका आधारमा मात्र निर्माण हुन सक्तछ । कसैको लहडी स्वैर कल्पनाका आधारमा यस्तो शक्ति बन्ने र समाज फेरिन कुनै कुरै होइन र हुन कीमार्थ सक्तैन । जनताको पछौटेपना, गरीबी, अभाव, अशिक्षा, असुरक्षा र अनिश्चित भबिष्यलाई भँजाएर आफ्नो दुनो सोझयाउने र ‘मालदार’ राजनीतिक ‘उद्योग–ब्यवसायचलाउने’ सीमित तप्काको संकीर्ण स्वार्थ पूरा गर्ने हो भने कुरा बेग्लै हो ! त्यसैले समाजको अग्रगामी राजनीतिक आर्थिक–सामाजिक रुपान्तरणको बाटो लाग्ने हो भने नेपाली जनता र राष्ट्रको ब्यापक हितमा नेपाली श्रोत साधनको भ्रष्टाचाररहीत किसिमले किफायती ढंगले अधिकतम् परिचानल गर्नुका साथै बाह्य सहयोगलाई पनि नेपाली जनता र राष्ट्रको ब्यापक हितमा मात्रप्रयोग गर्ने आधार तयार गरिनु अत्यावश्यक छ । यसो नगरीकन जतिसुकै राम्रा कुरा फलाके जस्तो गरे पनि अनि संबिधानमा जे जस्ता शब्द चयन गरिएको भए पनि त्यसले कुनै तात्विक फरक ल्याउन कदापि सक्तैन ।बरु झन पछि झन् बिग्रदो र भयावहस्थितिले नेपाल र नेपाली जनताको अस्तित्वमाथि नै गम्भीर प्रश्नचिन्ह खडा हुने अस्वीकार्य र अमान्य स्थिति खडा हुँदै र बढ्दै जान्छ । अनि यसबाट बेखबर भएर या त्यस सम्वन्धमा बुझपचाएर कुर्सीको खेल खेल्दै जनतालाई समृद्धि र समुन्नतिको सपना देखाउनु फेरि पनि जनता र देशलाई धोका दिनु मात्रै ठहरिन पुग्दछ । बिगत र बर्तमानका यी तीता अनुभबबाट सही शिक्षा लिएर बैकल्पिक, राजनीति, अर्थतन्त्र, सामाजिक तथा साँस्कृतिक संरचनाको प्रष्ट र ठोस मार्गचित्रकासाथ देश र जनताप्रति इमानदार तथा प्रतिबद्ध र भ्रष्टाचारमुक्त भएर अघि बढ्न सकेमा मात्र नयाँ शक्तिको निर्माण भएर जान्छ । अर्को कुनै बनिबनाऊ बाटो छैन ।
बिभिन्न पार्टीका या स्वतन्त्र भन्ने गरिएका मानिसलाई कतैबाट टिपेर एकठाउ पोको पार्दै आयारामगयाराम सँस्कृतिलाई मलजलदिदैमा कुनै नयाँशक्तिनिर्माण हुदैन । त्यो केवल एउटा आडम्बरपूर्ण प्रपञ्चभने अबश्य नै ठहरिन्छ । देश र जनताका समस्याबाट बिमुख या सतहीरुपमातिनलाई स्वीकार गरे पनि तिनको सही समाधानको बाटो पहिल्याउन नसकेसम्म यथार्थतःजनताको शक्तिनिर्माण हुने कुनै आधार पटक्कै बन्दैन । आजसम्मको अनुभवले प्रष्ट पारेको र पारिरहेको यथार्थ यही नै हो । त्यसमा पनि आज बिश्वब्यापी रुपमा फैलिएको कोराना महामारीले बिश्वलाई नै जुन नाजुक स्थितिमा खडा गरिदिएको छ त्यसबाट पार पाउने हो भने जनहितकारी, प्रकृति–मैत्री र भ्रष्टाचाररहीत अनि तलैबाट जनतलाई उठाउने, जगाउने र अगाडि बढाउने बिकासको बाटो अबको मूलबाटो हो । यसका निमित्त अग्रगामी, उन्नत र जनमुखी कदमहरुको आबश्यकता हुन्छ । एमसीसी जस्ता साम्राज्यबादी शर्त र स्वार्थ सहीतका कथित अनुदानका ललिपपहरुले हाम्रो राष्ट्रिय बिकासमा मद्दत पुग्ने नभई हाम्रो देशलाई शक्ति राष्ट्रहरुको अखडा बनाउने नब औपनिवेशिक आधार मात्र तयार गर्दछ । गम्भीररुपमा हेक्का राखौं !