परोपकार महिला साकोसको दोस्रो चरणको वित्तीय साक्षरता तथा सदस्य शिक्षा शिविर कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले दोलखाको भीनपा५.तामाकोशीमा कार्यक्रम सम्पन्न गरेको हो ।
आफ्ना सदस्यलाई आम्दानी,खर्च ,बचत,ऋण,बीमा तथा विप्रेषण सेवा लगायतका विषयमा जानकारी गराउने उदेश्यले सञ्चालित उक्त कार्यक्रममा संस्थाका २५ जना सदस्यको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण संस्थाकी अध्यक्ष शर्मिला सापकोटा र उपाध्यक्ष अप्सरा चौलागाईले गरेका थिए। कार्यक्रम पश्चात् सहभागीले यस किसिमका ज्ञानले आफ्नो दैनिक जीवनमा ठूलो महत्त्व राख्ने र अगामी दिनमा वित्तीय लक्ष्य तय गरि सोही अनुरूप अगाडि बढ्दा सहयोग पुग्ने बताए । आनावश्य चुहावटका खर्चमा कमी हुनगई भविष्यको लागि बचत गर्न सक्ने ज्ञान शिविरबाट पाएकोमा उनीहरुले खुशी व्यक्त गरे ।
संस्थाले यो कार्यक्रम यस स्थान छनौट गरेकोमा सदस्यहरुले खुशी समेत व्यक्त गरे। कार्यक्रममा नयाँ सदस्य बन्न ईच्छुक सहभागीलाई सदस्यता वितरण पनि गरिएको थियो । कार्यक्रममा सञ्चालक सदस्य सुनिता पोखरेल ,शिक्षा समिति सदस्य ममता राउत र कर्मचारी देवकी बस्नेतको सहभागीता रहेको थियो ,भने उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव कल्पना आचार्यले गरेकी थिईन ।