समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा काशीराज दाहाललाई नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को नियमित बैठकले प्रशासनविद् दाहाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी सदस्यमा केशव आचार्यलाई पनि नियुक्त गरिएको छ ।
यस अघिका अध्यक्ष कुमारप्रसाद पोखरेल सहितको समितिको कार्यकाल सकिएको एक महिना पछि समितिमा दाहाल चयन भएका हुन। अध्यक्ष पोखरेलसहित सदस्यहरु टिका बुढाथोकी, ममतादेवी शर्मा, सरस्वतीदेवी भट्टराईको कार्यकाल फागुन ११ गतेबाट सकिएको थियो ।
५ वर्षको अवधिमा तीन पटक नेतृत्व फेरिए पनि सहकारीका समस्या समाधानमा भने समिति असफल देखिएको छ । सरकारले सहकारी समस्या समाधान गर्न २०७४ पुस २९ गते ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेको थियो ।
२०७० मा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको समस्याग्रस्त सहकारीको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनले १ सय ३२ वटा सहकारीमा समस्या देखाएको थियो ।