संयुक्त राज्य अमेरिका क्यालिफोर्निया राज्यको राजधानी साक्रामेण्टोमा गोली हानाहान हुँदा ६ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको चिनीयाँ न्यूज एजेन्सी सिन्ह्वाले जनाएको छ । यस घटनामा कम्तीमा पनि दश जना घाइते भएको आज स्थानीय प्रहरीले जानकारी गराएको छ ।
यस सम्वन्धमा प्रहरी विभागले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ – घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये ६ जनाको ज्यान गएको छ । राज्यको राधानी साक्रामेण्टोमा आज बिहानै गोली हानाहान भएपछि प्रहरीले धेरै सडक बन्द गरको थियो ।

प्रहरीले बाटाे बन्द गरिदिएकाे छ
विगत केही वर्षमा अमेरिकाभरि बन्दुक आक्रमण बढ्दै गएको छ ।
बन्दुक हिंसाको तथ्याङ्क सङ्कलन गर्न सक्रिय गैरनाफामूलक अनुसन्धान समूह, ‘गन भाइलेन्स अर्काइभ’ ले गरेको एक अध्ययनअनुसार यस वर्षसम्ममा अमेरिकामा बन्दुकको हिंसाका कारण १७ हजार मानिस घाइते भएका छन् भने तीमध्ये सयौँको ज्यान गएको छ ।

गाेली चलेकाे ठाउँ
अवधिमा अमेरिकामा कम्तीमा एक सय १० ठाउँमा सामूहिक आक्रमण भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।