६५ औँ राष्ट्रिय सहकारी दिवशको अवसरमा बाह्रविसे नगर सहकारी सञ्जालले कोपोमिस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बाह्रविसे नगरपालिका सहकारी शाखाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
शुभप्रभात साकोसको सभाहलमा सम्पन्न कार्यक्रममा सहकारी सञ्जालमा आवद्ध १४ सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शुभप्रभात साकोसका निवर्तमान अध्यक्ष उद्धवबहादुर तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाह्रविसे नगरपालिका सहकारी शाखाका प्रमुख सविन वाग्लेले कोपोमिसको प्रयोगका बारेमा प्रशिक्षण दिएका थिए ।
सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना प्रणाली (कोपोमिस) लाई सरकारले प्राथमिकतामा राखेर देशैभरका सहकारीमा लागु गर्ने बताइरहेका बेला उक्त तालिम दिएकाले प्रभावकारी हुने शुभप्रभात साकोसका प्रबन्धक सुरेन्द्र तिवारीले बताए ।
