शुक्रबार, कार्तिक ७ गते २०८३

ललितपुर जिल्ला संघमा केदार गोर्खालीको अध्यक्षतामा संयुक्त प्यानल

चैत्र १९, २०७८ शनिबार
ललितपुर जिल्ला संघमा केदार गोर्खालीको अध्यक्षतामा संयुक्त प्यानल

जिल्ला सहकारी संघ ललितपुरको  भोली हुने निर्वाचन सहितको  ३० औं साधारण सभाको लागि ४ राजनितिक दल समर्थकका सहकारीकर्मीको संयुक्त प्यानल बनेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल समर्थक सहकारीकर्मीहरुको संयुक्त प्यानल बनाएका हुन । चार वटै दल समर्थक सहकारीकर्मीहरुले संयुक्त रुपमा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । 

संयुक्त प्यानलबाट नेपाली काग्रेस निकट रहेका केदार गोर्खाली अध्यक्षको उम्मेदवार  भएका छन् । श्री विश्वश्री बहुउद्देश्यीय सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै गोर्खाली अध्यक्षको उम्मेदवार बनेका हुन् । 

त्यस्तै संयुक्त प्यानलबाट उपाध्यक्षमा रामशरण बस्नेत उम्मेदवार बनेका छन् । त्यसैगरि  महिला उपाध्यक्षमा संयुक्त प्यानलबाट शशि खड्का उम्मेदवार बनेकि छन् । संयुक्त प्यानलबाट सचिवमा अनिल वीर बज्राचार्य र कोषाध्यक्षमा रुपेश तिमल्सिना उम्मेदवार बनेका छन् ।

प्यानलबाट महिला सदस्यमा सुस्मा भुजेल, इन्द्रकुमारी थापा, शान्त लक्ष्मी खड्की, सर्मिला सिं र सर्मिला तिमल्सिना उम्मेदवार बन्नुभएको छ । विषयगत संघ सञ्चालकमा पुरुषोतम बजगाई निर्विरोध चयन भएका छन् । त्यस्तै खुला सदस्यमा नवराज विष्ट, शम्भुप्रसाद पौडेल, रामभक्त महर्जन, किरण महर्जन, राम गोपाल महर्जन उम्मेदवार बनेका छन् । त्यस्तै लेखा समिति संयोजकमा उपेन्द्र अवाले र सदस्यहरुमा बद्रीप्रसाद सञ्जेल र महेन्द्रकुमार महर्जन उम्मेदवार बनेका छन् ।

सघंका अध्यक्ष माधब दुलाल सहमति र सहकार्यबाटै नयाँ नेतृत्व चयन गर्नु पर्नेमा जाृेड दिएका छन् । संघका थुप्रै चुनौती रहेका र काँग्रेस एक्लैले सबै गर्न नसक्ने भएकाले स‌युक्त प्यानल बनाएर अगाडि बढेको बताए । ७ सय ८४ सदस्य रहेको संघमा ४ सय ३२ संस्थाबाट मात्र प्रतिनिधि आएका छन् ।